२०६८ चैत १० गते राष्ट्रिय
जनमुक्ति पार्टीले तत्कालिन श्रम तथा यातायात व्यवस्था मन्त्रालय नेतृत्व गर्ने
अवसर पायो । पार्टीका संस्थापक अध्यक्ष एमएस थापा ज्यूलाई पार्टीले जिम्मेवारी
सुम्पियो । म श्रद्धेय संस्थापक अध्यक्ष (तत्कालिन श्रम तथा यातायात व्यवस्था मन्त्री)
ज्यूको लागि पार्टीको तर्फबाट सहयोगी र सल्लाहकारको रुपमा संगै थिए । त्यतिबेला सो
मन्त्रालय अन्तर्गत श्रम, वैदेशिक रोजगार र यातायात विभाग थिए । त्यस मध्ये
श्रम विभागको नेतृत्वमा तत्कालिन सहसचिव मान बहादुर बिकले जिम्मेवारी वहन गरीरहनु
भएको रहेछ । उहाँले हामीसंग गृह मन्त्रालयमा सरुवा हुने चाहना भएको बताउनु भएको
थियो । हामीले पनि उहाँको चाहनालाई चासोमा राखेका थियौं । समयक्रममा उहाँले गृह
मन्त्रालयमा सरुवा हुने अवसर जुरे संगै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी
भएर आफ्नो क्षमतालाई सदुपयोग गर्ने अवसर पनि जुरयो भनौं । हामीले उहाँको स्थानीय
तहको नेतृत्वलाई फलदायी बनाउन स्थानीय तहका साथीहरुलाई सहकार्य गर्न पनि भनेका
थियौं । अहिले देशको सचिव पदमा बढुवा भएसंगै विभिन्न समाचार माध्यममा चर्चाको
केन्द्र बन्न सफल डा.मान बहादुर बिकलाई प्रदेश ५ को संसद सचिवालयमा कार्यरत भएको
बेला औपचारिक भेट्न समय अनुकूल भएन । डा. मान बहादुर बिक (हाल बागमती प्रदेश
प्रमुख सचिव) संग व्यक्तिगत रुपमा अन्तरङ्ग कुराकानी गर्ने इच्छा अपुरो रहयो ।
अनलाईन खबर (https://www.onlinekhabar.com/2020/07/884797) मा विश्वास खड्काथोकीले गरेको रिपोर्टिङ्ग (२०७७ साउन ११ गते २०ः४९ बजे प्रकाशित) मार्फत थोरै भए पनि उहाँ बारे जान्ने अवसर प्राप्त
भयो ।
देशको अमूल्य सम्पत्ति र शक्तिको रुपमा रहेको जातीय विविधता र विशिष्टताको
अवमूल्यन भई आएको नेपाली राज्यसत्ता र व्यवस्थाको आमूल परिवर्तनका लागि
लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गरी आन्दोलित भई निरन्तर संघर्षमा
जोडिईरहेको र बहुजातीय लोकतान्त्रिक समाजवादका लागि संघर्षशिल रहीरहदा मलाई
यतिबेला उहाँको संघर्ष र सफलता बारे जान्न सुन्न पाउँदा कहीं न कहीं खुशी मडारिईरहेको छ । हाललाई यत्ति
भन्न चाहन्छु – हार्दिक बधाई छ डा.मान बहादुर बिक ज्यूलाई ।
प्रेशरमा काम गर्न चाहने तपाईको अन्तरमनको चाहना पुरा होस्, सफल कार्यकालको लागि मंगलमय शुभकामना छ ।

सचिव ज्यूलाई सफल कार्यकालको शुभकामना छ ।
ReplyDeleteसमाज र देशकाे इज्जत राखेर काम गर्नु हुनेेछ भन्ने आशा र विश्वास छ । सफल कार्यकालकाे शुभकामना ।
ReplyDeleteHamro Palpako medhavi person, samaj ra deshko ijjat badhauna kammar kasera nirantar avichalit lagirahanu. Hardik badhai ra shubhakamana ...
ReplyDelete