दल / पार्टी; लक्ष्य र उद्देश्य प्राप्ति बारे
टोप अस्लामी
महासचिव (केन्द्रीय संगठन विभाग प्रमुख)
पार्टी
अर्थात दल वा राजनीतिक संगठन आफैमा एउटा परिवार हो । यो एउटा समाज पनि हो । यो
एउटा पद्दति, संस्कार र सभ्यता पनि हो । यसरी परिवार, समाज, पद्दति, संस्कार र सभ्यता समेतको बृहद जिम्मेवारी वहन गर्ने दायित्व रहने
पार्टीले आमूल परिवर्तनको आकाँक्षा सहितको लक्ष्य, उद्देश्य राखेको हुन्छ
अर्थात विद्यमान सबै खालका आचार विचार, संस्कारमा परिवर्तन चाहेको
हुन्छ । यो चाहना, मात्र चाहना होईन । यो त तत्कालिन समाजको विकास र सम्वृद्धिका लागि अपरिहार्य आवश्यक्ता
हो । समकालिन समाजमा जे जस्ता कमीकमजोरीका कारण मानव जगतको विकास र सम्वृद्धिमा
अवरोध भईरहेको छ त्यसलाई प्रतिस्थापन्न गर्न नयाँ पद्दति, संस्कार र सभ्यता स्थापित गर्ने संघर्षको फेहरिस्त (बहुआयामिक पक्ष)
पार्टीले आत्मसाथ गरेको हुन्छ । अर्थात पार्टीले त्यसरी विचार पुरयाउन सकीरहेको छैन भने परिवर्तनको आकाँक्षा, लक्ष्य, उद्देश्य बोकेको स्वयम्
एउटा पात्र (दल) मा पनि कमीकमजोरी कायम छ भन्ने बुझ्नु पर्दछ । परिवर्तनका असली
आकाँक्षीहरुले त्यस्तो कमजोरीलाई तत्काल आत्मसाथ गरी पार्टीमा आवश्यक पद्दति र
संस्कारको कडाईका साथ पालना गर्न/गराउन जरुरी छ ।
यद्यपि यस्ता आवश्यक्ता (समाज परिवर्तनका आयाम) लाई मानिसहरुले
बुझ्ने विभिन्न तरिकाहरु हुन सक्दछ तर अपरिहार्य आवश्यक्ताको मर्मलाई केन्द्रमा
राख्न/रखाउन सकिएन भने पनि त्यसका लागि गरिने हरेक प्रयासहरु केवल औपचारिकतामा
सीमित हुन पुग्दछ । हरेक गतिविधिका अन्त्यमा आउने परिणाम आकलन गर्दा त्यसमा शेष
भाग केही पनि भेटाउन सकिएन भने ती गतिविधिका मूल्य मान्यता केवल औपचारिकतामा सीमित
हुन पुग्दछ या त्यो गतिविधि केवल आत्मरतिमा सीमित हुन पुग्दछ अर्थात सही मूल्य
मान्यता राखेर गरिएका गतिविधिलाई केवल आत्मरतिमा बदल्ने दुस्प्रयासहरु आन्तरिक
रुपमा पनि हुन सक्दछ । यस्तो अवस्थामा पुनः बुझ्नु पर्ने हुन्छ कि त्यहाँ समग्रमा
सम्बन्धित दलको पद्दति र संस्कार प्रति उदासिनता बलियो छ ।
हामी परिवर्तनका आकाँक्षी
हौं, परिवर्तन तत्कालिन समाजको आवश्यक्ता हो भन्ने
कुरामा सहमत छौं, त्यसका लागि निक्र्योल गरिएका गतिविधिमा पनि सहमत
छौं, परिणाममा नैराश्यताको मात्र हिसाबकिताब हुन्छ भने
तत्कालिन अवस्थामा तय गरिएका उपायहरु सम्बन्धमा कि त समग्रमा बुझाईको समस्या छ या
त उदासिनता र पूर्वाग्रहका मानवीय कमजोरी यथावत छ भन्ने बुझ्नु पर्दछ । त्यस
सम्बन्धमा थप छलफलको आवश्यक्ता हो या के हो भन्ने बारेमा गहिरो गरी बुझ्ने र समस्या (आवश्यक्ता/अवसर) को अविलम्ब आत्मसाथ गर्ने प्रयास
बेलैमा गरिनु सबैका लागि उचित उपाय हुन सक्दछ ।
माथि उद्धृत छलफलका
विषयहरुको आधार भनेको दलीय आवरणमा अभिव्यक्त ठोेस सोंच सहितको विचार र त्यसको
अभीलेखीकरणको ज्ञान हुनु/राख्नु हो । सामूहिकीकरण भएको विचारले समाज परिवर्तनको दिशाबारे
स्पष्ट धारणा बताईरहेको हुन्छ । त्यसले परिवर्तनको लागि प्रतिबद्ध रहेका र
परिवर्तनका पक्षधरहरुलाई समाज परिवर्तनको अवधारणा र उद्देश्य साथै कार्यपद्दति
समेत स्पष्ट गरीरहेको हुन्छ । अर्थात त्यसरी स्पष्ट गरेको अवधारणा, उद्देश्य र कार्यपद्दतिको कार्यान्वयनका लागि घच्घचाईरहेको हुन्छ ।
त्यो घच्घचाहटको महशुस परिवर्तनको लागि प्रतिबद्ध रहेका र परिवर्तनका पक्षधरहरुलाई
भईरहेको छ या छैन ?, यदि महशुस नै भएको छ भने पनि त्यतातिर ध्यान
केन्द्रित भएको छ कि छैन ?, यदि ध्यान केन्द्रित भईरहेको छ भने त्यो केवल
वैयक्तिक चिन्तामा मात्र सीमित छ कि यहाँनिर केही योगदान गर्नु पर्दछ भन्ने कुराले
थप घच्घचाईरहेको छ या छैन ? भन्ने जस्ता आन्तरिक उथलपुथल/मनोविज्ञान/ईच्छाशक्तिका पक्षहरु
परिवर्तनकामीहरुमा कुन मापदण्डमा सीमित छन् त्यसले नै समग्र परिवर्तनका लागि गरिनु
पर्ने, हुनु पर्ने कर्तव्य र जिम्मेवारी तब मात्र महशुस
हुन पुग्दछ । त्यो पनि आँशिक र अल्पकालिन या पूर्णकालिन भन्ने कुराले परिवर्तनको
आकाँक्षाको परिपूर्तिको स्तर र प्रगति तय हुँदै जाने हो ।
अब यहाँनिर परिवर्तनको
मुद्दामा आवद्धहरुले के विचार पुरयाउन जरुरी छ भने आफ्ना कतिपय "हठ" स्वयम्मा पनि
बाधक भईरहेको हुन सक्दछ त्यसलाई विना हिच्किचाहट बेलैमा गौण बनाउन/त्याग्न सक्नै पर्दछ । कतिपय
अवस्थामा मानवीय (व्यक्तिगत) आवश्यक्ताका कैयन पक्षलाई समेत गौण सावित गर्न सक्नु पर्दछ ।
परम्परागत रुपमा आत्मसाथ गरी आएको पक्षलाई पनि हिंजोकै अवस्थाबाट बचाएर लैजान्छु
भन्ने कुरा "हठ"को रुपमा रहीरहन्छ भने त्यसले निश्चय नै विचारमा विचलन ल्याउन सम्भव
छ । विचारमा विचलन आउनु भनेकै विगतदेखिको परिवर्तन विरोधी आयामहरुलाई छोड्न नसक्नु
हो अर्थात नयाँ परिस्थितिमा नयाँ ढङ्गले आफूलाई उभ्याएको भ्रममा रुमल्लिनु मात्र
हो । विगतदेखिकै आयाम या "नानीदेखि लागेको बानी"लाई यथावत
राखेर परिवर्तनको विशाल अभियानलाई निर्णायक बनाउन सकिदैन । यस्तो परिस्थितिलाई यथावत राखेर परिवर्तनको विशाल आयामलाई नेतृत्व गर्न सक्छु या सकिन्छ भनेर उत्साहित हुनु केवल कोरा कल्पनामा रोमाञ्चित हुनु सरह नै हो जो पटक्कै व्यवहारिक र परिवर्तनका पक्षधर (समाज) ले चाहे जस्तो कहिल्यै हुन सक्दैन ।
कोही व्यक्ति यस्तो भ्रमबाट निशृत भई परिवर्तनको मुद्दामा आवद्धता
जनाएको छ, कृयाशिलतालाई अहम्ताको खातामा राखेर हिंडीरहेको छ
र सभ्यता परिवर्तनको लडाईमा त्यस्तो प्रवृत्ति हावी छ भने त्यहाँनिर भयङ्कर धोखा
भईरहेको छ भन्ने सबैले आत्मसाथ गर्नु पर्दछ । यस प्रकार कृयाशिलतामा भ्रम छन् कि ? यदि छैनन् भने सही । तिनका असली र आवश्यकीय आकार
बनाउनका लागि गाल्ने आरन ठीक छ कि छैन ? छैन भने त्यसलाई नै पहिले
ठीक गर्ने आम सोंच बन्छ कि बन्दैन ? त्यस्ता आरनमा गालिन
व्यक्तिहरु तयार छन् कि छैनन् ? आमूल परिवर्तनको महान जिम्मेवारी बोकेका राजनीतिक दलका हरेक नेता तथा कार्यकर्ताहरुले यो यथार्थ बुझ्ने र आत्मसाथ गर्नै पर्ने बाध्यात्मक आवश्यक्ता हो ।
, आवश्यक्ता र चाहनालाई सम्बोधन र परिपूर्ति गर्न सक्दछ । अन्यथा
समाजको परिवर्तनको आकाँक्षा,
आवश्यक्ता र चाहनामा खेलवाड
गर्ने प्रवृत्ति नयाँनयाँ आवरणमा जन्मिने र समाजलाई भ्रममा राख्दै परिवर्तनको पगरी
गुथ्नेहरुको फेहरिस्त हरेक नयाँ पुस्ताले व्यहोर्दै जानु पर्ने हुन्छ ।
परम्परावादी–सम्झौतावादी–यथास्थितिवादी रवैया कायम
गरेरै अगाडि बढीरहेको भ्रमलाई निरन्तरता दिईरहदा असली परिवर्तनका पक्षधरहरुले बुझ्ने र आत्मसाथ गर्नै पर्ने कुरा के हो भने "के अबको नेपाली समाज यस्तो यथार्थतालाई सहेर बस्ने छ त ?" (क्रमश ..... )