मानिसले कुनै पनि प्रतिकूल संकट (महामारी) लाई पराजित गर्न र त्यस उपर विजय प्राप्त गर्न पहिलो शर्त मनभित्रैदेखि प्रकट हुने "उच्च मनोबल" हो भन्ने कुरा हाम्रा पूर्वजहरुले हामीलाई दिएको अमूल्य शिक्षा र ज्ञान पनि हो । मानव संसारमा अकस्मात वा शिलसिलेवर रुपमा आईपर्ने कतिपय त्यस्ता संकटहरुलाई सकारात्मक सोंचका साथ मनभित्रैबाट कायम हुने आत्मबल र सही सचेतताले परास्त गर्न जहिले सम्भव हुन्छ । बुटवलबाट अर्धसाप्ताहिक रुपमा प्रकाशित हुने संघीय एक्सप्रेस पत्रिका (२०७६ गत फागुन २४ गते) को सम्पादकीय (कोरोना भाईरसको मनौवैज्ञानिक त्रासबाट मुक्त हुनु पर्छ) मार्फत यही यथार्थताको स्मरण गराउने पूर्व कोशिस भएको देखिन्छ जो साह्रै सह्रानीय पनि हो । समय बित्दै जाँदा यस कुराको पुष्टी (वर्तमानको कोरोना भाईरसको महामारीको चपेटामा परेका एक वृद्धाले कोरोनालाई जितेपछि दिएको प्रतिकृया पश्चात) भएको छ । सानो इकाईमा प्रष्फुटन भएका कतिपय यथार्थताहरुलाई बेलैमा आत्मसाथ र अवलम्बन गर्न सक्दा समाज र राज्यलाई पनि फाईदा हुन्छ । आज जुन परिस्थिति देश र समाजले व्यहोर्नु परेको छ यसलाई नयाँ ढङ्गले सम्बोधन गर्ने उपाय उतिबेलै समग्र रुपमा अवलम्बन गर्न सकिन्थ्यो ।
यही २०७७ बैशाख ७ गते अन्नपूर्ण पोष्टमा प्रकाशित मुख्य समचारको शिर्षक र फोटो ।
२०७६ फागुन २४ गते संघीय एक्सप्रेसमा प्रकाशित सम्पादकीयको एक अंश


याे विषय सन्दर्भ अति नै वैज्ञानिक र व्यवहारिक छ । तर यस्ता विचार छिटोछिटो सुन्ने र आत्मसाथ गर्ने हिम्मत नेपालीहरूमा ज्यादै न्यून पाईयाे ।
ReplyDeleteHimmat ra sahi chetana uchit aabashyakta ho.
ReplyDeleteआत्मबलकाे यथार्थ शक्ति माथि सरकारी पक्ष, ठूला व्यापारीहरूकाे लुकेको अभीष्टले लेपन लगाई जनतालाई वशीभूत पार्ने काम अझै हावी गरिएकै छ ।
ReplyDeleteआत्मबलकाे यथार्थ शक्ति माथि सरकारी पक्ष, ठूला व्यापारीहरूकाे लुकेको अभीष्टले लेपन लगाई जनतालाई वशीभूत पार्ने काम अझै हावी गरिएकै छ ।
ReplyDelete