हाम्रै देशको लुम्बिनीमा इसापूर्व ५६३ वर्ष अघि जन्मनु भएका सिद्धार्थ गौतम (भगवान गौतम बुद्ध) को २५६४औं जन्मजयन्तीको पावन अवसरमा सबै आफन्तजन, शुभचिन्तकहरुमा सुस्वास्थ्य, दीर्घायु, सम्वृद्धि र सुखशान्तिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
महामानव गौतम बुद्ध समस्त मानव जगतमा अतिवादी चिन्तन र व्यवहारको अन्त्य गर्न सकेमा प्राणी जगतमा शान्ति, अमञ्चयन र सौहाद्र्धता कायम हुन सम्भव छ भन्ने विचारका प्रवर्तक हुनुहुन्छ । विश्वका अर्बौ मानिसहरुले अवलम्बन गरेको बुद्ध विचार (दर्शन) आजको विश्वमा पनि उत्तिकै आवश्यक र सान्दर्भिक मानिन्छ । आफ्नै भूमिमा जन्म लिई विश्वका लागि मार्गदर्शक बन्नु भएका महामानव गौतम बुद्ध र उहाँको मार्गदर्शन र योगदानलाई स्मरण गर्दै मूलुकको समग्र हितमा लाग्न सबैमा प्रेरणा मिलोस् । शुभकामना ।
(Photos Source : Google)

