Wednesday, July 29, 2020

बेलाको बोली (इतिहास) - K.Suryavanshi in an interview.


    राष्टि्य जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी प्रदेश र प्रतिनिधि सभा निर्वाचनकाे सन्दर्भमा ''राष्टि्य प्रचार महाअभियान'काे प्रमुखकाे रूपमा देश दाैडाहा गर्ने क्रममा झापा पुगेको अवस्थामा मोफसलको चर्चित टेलिभिजन - सूर्याेदय टेलिभिजन मार्फत समसामयिक सन्दर्भमा जनतालाई राष्ट्रिय जनमुक्ति पार्टीका योजनाहरु बताउने अवसर जुरयो । सो अवसरमा सूर्याेदय टेलिभिजनका खरो वार्ताकार टीकाराम नेती नेपालले अन्तरवार्ता लिनु भएको थियो (मिति २०७४ मंसिर १३ गते बुधबार बिहान) । यो टेलिभिजन अन्तरवार्ता राष्ट्रिय जनमुक्ति पार्टीको जीवनकालमा ऐतिहासिक र ठोस अन्तरवार्ता हो । राष्ट्रिय जनमुक्ति पार्टीको जीवनमा जोडिएका सबै नेता कार्यकर्ताहरुले मात्र होईन नेपालको असली परिवर्तनको जग बसालेर भ्रष्टाचारमुक्त समृद्ध देश बनाउन चाहने परिवर्तनका पक्षधर हरेक नेपालीले यो अन्तरवार्तालाई पटक पटक सुन्न र मनन गर्न जरुरी छ । यसै मर्मलाई केन्द्रमा राखी यो अन्तरवार्ता भिडियोलाई व्यक्तिगत ब्लगमा समेत राखेको सहर्ष जानकारी गराउन चाहन्छु । सबै महानुभावहरुको रचनात्मक प्रतिकृया हाम्रा लागि देश निर्माणको थप इटा सरह स्वीकार्य हुनेछ । धन्यवाद ।

Tuesday, July 28, 2020

कविता (रिलिङ्ग - Poem)

    
    माजको आमूल परिवर्तनका लागि आज भन्दा बीस वर्ष अगाडि मोफसल (बुटवल, रुपन्देही) बाट प्रकाशित हुने "नयाँ राज्यसत्ता साप्ताहिक" पत्रिकासंग जोडिने अवसरसंगै मेरा अनन्य मित्र मेजन पुनसंग भेट्ने र संगै कलम चलाउने शौभाग्य प्राप्त भएको थियो । तत्कालिन अवस्थामा प्रस्तावित मेनोको मिडिया प्रा.लि.को परिकल्पनामा नयाँ राज्यसत्ता साप्ताहिक फरक, यथार्थपरक र सही राजनीतिक/सामाजिक विश्लेषणात्मक विचार सहित प्रकाशित भएको थियो । परिवर्तनकामी समकालिन युवाहरुको योगदान, सहकार्य र सकृय जुझारुपनको प्रतिफल थियो नयाँ राज्यसत्ता साप्ताहिक । आदरणीय व्यक्तित्वहरु केशव सूर्यवंशी, अशोक पुन, सुरेन्द्र थापा, स्व.देव ब.पाटा, यम ब.झेंडी, जेबी पुन, सूर्य कुमार सारु, हरिदेव थापा, गंगा खासु, बिके राना, ईन्द्र थापा, एकु दर्लामी, दुर्गा बुढाथोकी, हरि पुन आदि नयाँ राज्यसत्ता साप्ताहिक पत्रिका प्रकाशन, वितरण लगायतका व्यवस्थापन अभियानमा सम्झिने महानुभावहरु हुनुहुन्छ । अरु कैयन शुभचिन्तक महानुभाव ज्यूहरु, सहकर्मी मित्रहरु नयाँ राज्यसत्ता साप्ताहिक पत्रिकासंग जोडिनु भएको थियो । यस पत्रिकाको सहप्रकाशन "राज्यसत्ता द्वैमासिक" पनि थियो ।
    प्रस्तावित मेनोको मिडिया प्रा.लि.ले प्रकाशनका विभिन्न आयामहरु आफ्नो खातामा राख्ने र समाजमा आवश्यक परिवर्तनका जिम्मेवारीहरु समेत पुरा गर्ने सोंच र उद्देश्य अनुसार पहिलो किताबी कोशेलीको रुपमा मित्र मेजन पुन (तत्कालिन राज्यसत्ता टीममा प्रबन्धक) र मेरो सहकार्यको रुपमा "भावना कविता संग्रह" प्रकाशन गर्ने पुनित कार्य सम्पन्न गरेको थियो वि.सं.२०५७ मा । कवि मेजन र असीमको "भावना" कविता संग्रहमा साहित्यिक व्यक्तित्व राजन मुकारुङ्गले "लागेका कुरा ...." शिर्षकमा भूमिका लेखी दिनु भएको थियो । प्रस्तावित मेनोको मिडिया प्रा.लि.का अध्यक्ष अशोक पुनले प्रकाशकीय भनाई, प्रकाशनमा सहयोग गर्ने राजु पुनले प्रकाशकको भनाई व्यक्त गर्नु भएको छ । मित्र मेजन पुनको २५ र मेरो १७ गरी कूल ४२ ओटा कविताहरुको संकलनको रुपमा हामी दुईको "भावना कविता संग्रह" विमोचन कार्यक्रममा साहित्यिक/राजनीतिक विश्लेषकहरु क्रमशः दिल साहनी र गिरी थापा ज्यूले समालोचना गरीदिुन भएको थियो ।
    हामी दुई "मेजन र असीम"को "भावना कविता संग्रह (संयुक्त प्रयास)" मा अटेको "भाले बास्यो उज्यालो भईसक्यो" भन्ने शिर्षकको कविता मेरो ब्लगको साहित्यिक कोठामा स्क्यानिङ्ग गरेर राखेको छु । 
 
    वर्तमानको सन्दर्भमा पनि "भावना कविता संग्रह" भित्र अटाएका कविताहरुका भावहरु उत्तिकै सान्दर्भिकता महशुस हुन्छ । समय समयमा अरु कविताहरु पनि यस डिजिटल दुनियामा पस्कने जमर्को रहने नै छ । आम महानुभावज्यूहरु जसले यस ब्लगमा प्रवेश गर्नुहुनेछ यो समसामयिक कविता "भाले बास्यो उज्यालो भईसक्यो" मा एकपटक अवश्य नजर लगाउन र यसका भावना उपर सृजनात्मक टिप्पणी समेत गरीदिुनु हुनेछ भन्ने आशा र विश्वास गरेको छु । धन्यवाद । ☺☺☺✺❇✺

Monday, July 27, 2020

Best Wishes

हार्दिक बधाई तथा मंगलमय शुभकामना
   २०६८ चैत १० गते राष्ट्रिय जनमुक्ति पार्टीले तत्कालिन श्रम तथा यातायात व्यवस्था मन्त्रालय नेतृत्व गर्ने अवसर पायो । पार्टीका संस्थापक अध्यक्ष एमएस थापा ज्यूलाई पार्टीले जिम्मेवारी सुम्पियो । म श्रद्धेय संस्थापक अध्यक्ष (तत्कालिन श्रम तथा यातायात व्यवस्था मन्त्री) ज्यूको लागि पार्टीको तर्फबाट सहयोगी र सल्लाहकारको रुपमा संगै थिए । त्यतिबेला सो मन्त्रालय अन्तर्गत श्रम, वैदेशिक रोजगार र यातायात विभाग थिए । त्यस मध्ये श्रम विभागको नेतृत्वमा तत्कालिन सहसचिव मान बहादुर बिकले जिम्मेवारी वहन गरीरहनु भएको रहेछ । उहाँले हामीसंग गृह मन्त्रालयमा सरुवा हुने चाहना भएको बताउनु भएको थियो । हामीले पनि उहाँको चाहनालाई चासोमा राखेका थियौं । समयक्रममा उहाँले गृह मन्त्रालयमा सरुवा हुने अवसर जुरे संगै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आफ्नो क्षमतालाई सदुपयोग गर्ने अवसर पनि जुरयो भनौं । हामीले उहाँको स्थानीय तहको नेतृत्वलाई फलदायी बनाउन स्थानीय तहका साथीहरुलाई सहकार्य गर्न पनि भनेका थियौं । अहिले देशको सचिव पदमा बढुवा भएसंगै विभिन्न समाचार माध्यममा चर्चाको केन्द्र बन्न सफल डा.मान बहादुर बिकलाई प्रदेश ५ को संसद सचिवालयमा कार्यरत भएको बेला औपचारिक भेट्न समय अनुकूल भएन । डा. मान बहादुर बिक (हाल बागमती प्रदेश प्रमुख सचिव) संग व्यक्तिगत रुपमा अन्तरङ्ग कुराकानी गर्ने इच्छा अपुरो रहयो ।
अनलाईन खबर (https://www.onlinekhabar.com/2020/07/884797मा विश्वास खड्काथोकीले गरेको रिपोर्टिङ्ग (२०७७ साउन ११ गते २०ः४९ बजे प्रकाशित) मार्फत थोरै भए पनि उहाँ बारे जान्ने अवसर प्राप्त भयो ।
   देशको अमूल्य सम्पत्ति र शक्तिको रुपमा रहेको जातीय विविधता र विशिष्टताको अवमूल्यन भई आएको नेपाली राज्यसत्ता र व्यवस्थाको आमूल परिवर्तनका लागि लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गरी आन्दोलित भई निरन्तर संघर्षमा जोडिईरहेको र बहुजातीय लोकतान्त्रिक समाजवादका लागि संघर्षशिल रहीरहदा मलाई यतिबेला उहाँको संघर्ष र सफलता बारे जान्न सुन्न पाउँदा कहीं न कहीं खुशी मडारिईरहेको छ । हाललाई यत्ति भन्न चाहन्छु हार्दिक बधाई छ डा.मान बहादुर बिक ज्यूलाई । प्रेशरमा काम गर्न चाहने तपाईको अन्तरमनको चाहना पुरा होस्, सफल कार्यकालको लागि मंगलमय शुभकामना छ ।

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...