* २९औं आदिवासी दिवसको मंगलमय शुभकामना *
अन्तर्राष्ट्रिय रुपमा यस वर्ष संयुक्त राष्ट्र संघले “आत्म निर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा” भनी तय गरेको नारा र “पहिचान र अधिकार सुनिश्चित्ताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सीपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं” भनी नेपालमा तय गरिएको नाराका आधारमा आज अगष्ट ९, २०२३ (साउन २४, २०८०) मा आदिवासी दिवस नेपालमा पनि मनाईने सन्दर्भले हामीलाई हर्ष प्रदान गरेको छ । यस अवसरमा समस्त आदिवासी जनसमुदाय एवं सयौं वर्षदेखि उत्पीडनमा पिल्सिदै आएका जाति समुदायको अधिकार र समानताका लागि चिन्तन, मनन गर्दै संघर्षरत सबै जनसमुदायमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
निश्चय नै उत्पीडित जाति/समुदायहरुले वर्तमान सन्दर्भमा अधिकार विहिनताको नयाँ चरणबाट गुज्रीरहनु परेको छ । अर्थात व्यवस्था परिवर्तन पछिका दिनहरुमा समस्त उत्पीडित जाति/समुदायहरुले यथार्थमा जुन स्तरमा न्याय र समानता सहित देश निर्माणमा अपनत्व महशुस गर्न पाउने अवस्थाको निर्माण हुनु पथ्र्यो त्यसो हुन सकेको छैन । न्यायका भीषण आवाजहरुको उद्घोष गर्दै हाल सम्म राज्य सञ्चालनको तहमा पुगेका दलहरु, नेतृत्वहरु निहित स्वार्थ भन्दा माथि उठेर समाज र देशका लागि निःस्वार्थ प्रेरित भएर अगाडि बढेको आभाष आम जनताले पाउन सकीरहेका छैनन् । त्यस्तो परिस्थितिका लागि उत्पीडितहरुले पनि आफ्नो तहमा सही नेतृत्व निर्माण गरेर जान सक्ने अवस्था निर्माणका लागि ध्यान पुरयाउने, एकीकृत आवाज एवं उही तहको कृयाशिलताको वातावरण बनाउने तर्फ केन्द्रीकृत हुन नसकेको देखिन्छ । यस्तो अवस्थामा समस्त आदिवासी जनसमुदाय साथै सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुले विभिन्न आवरणमा परम्परावादमै अलमलिने वा त्यसका असरहरुको समाना गर्न पर्ने प्रति सचेतता बढाउनु वर्तमानको आवश्यक्ता हो ।
जातीय मुक्ति आन्दोलनमा आजको दिन अन्तर्राष्ट्रिय रुपमा विशेष दिन पनि हो । यस परिप्रेक्ष्यमा न्यायका पक्षधरहरु सबैले कम्तिमा "प्राप्त उपलब्धीहरुको रक्षा र थप उपलब्धीका लागि संघर्ष" गर्ने गरी अगाडि बढ्न प्रेरणा मिलोस् । समानताका पक्षधरहरु सबैले हातेमालो गर्ने परिस्थितिको निर्माण गर्न तर्फ सबैको सजगतामा वृद्धि होस् र राष्ट्र निर्माणको महान अभियानमा नेतृत्वकारी भूमिका सन्दर्भमा पनि आम बहसको थालनी होस् भन्ने कामना गर्दछौं । सबै (देश र जनता) को सुस्वास्थ्य, शान्ति र अमञ्चयन प्रति सम्बन्धित सबैले धैर्यता सहित कदम अगाडि बढाउन सक्दा राष्ट्रिय गन्तव्य प्राप्त हुने र नयाँ पुस्तालाई राम्रो समाज हस्तान्तरण गरेर जाने सदिच्छामा सफलता हात लाग्नेछ । धन्यवाद ।
महासचिव
राष्ट्रिय जनमुक्ति पार्टी
