Saturday, April 18, 2020

गृह जिल्ला पाल्पा पुगेपछि .....



 आदरणीय पाल्पाली दिदीबहिनी र दाजुभाईहरू, नमस्कार । "जनमुक्ति विचारधारा"लाई आत्मसाथ गरी राष्ट्रिय जनमुक्ति पार्टीको झण्डा बाेकेर आफ्नो गृह जिल्ला (पाल्पा)मा लामाे समय प्रत्येक्ष समाज सेवामा जुट्दै सबै नेपालीका समान हक र अधिकारका लागि नेपाली माटाे सुहाउँदो राज्यव्यवस्था निर्माणका लागि लाेकतान्त्रिक मार्गबाट अविचलित भई याेगदान गर्दै रहे । संविधान सभाकाे दुई ओटै निर्वाचन (२०६४ र २०७०) मा पाल्पा क्षेत्र नं. २ बाट सभासदकाे उम्मेदवारी पनि दिए । जनताको अभिमत जाहेर भईरहयाे, सबै प्रति सदा आभारी पनि छु, रहीरहने छु । तर पार्टीको उपल्लो जिम्मेवारी वहन गर्ने अवस्था आउँदै गएपछि जिल्लाभूमिमा बाक्लो कृयाशिल हुने अवस्था चाहेर पनि नहुँदाे रहेछ तथापि निरन्तर चिन्ता र चासाेमा कुनै कमी छैन, हुनु पनि हुँदैन ।
                 
      यतिबेला विश्व नै काेराेना भाईरसकाे महामारीबाट प्रताडित भएको बेलामा हामीले एउटा जिम्मेवार राजनीतिक दलकाे तर्फबाट के, कति, कसरी देश र जनताको पक्षमा याेगदान गर्न सकिन्छ भन्ने बारेमा प्रारम्भदेखि नै चिन्तन मनन र याेगदानका प्रयासहरू जारी राखेका छाैं । यसै शिलशिलामा यही चैत २७ गते गृह जिल्ला पाल्पा पुग्ने र पाल्पा जिल्ला अस्पताल साथै मिशन अस्पतालमा पुगी नेपाल मेडिकल काउन्सिलकाे मापदण्ड अनुसार राष्ट्रिय आविष्कार केन्द्र, नेपालद्वारा स्वास्थ्यकर्मीहरूका लागि निर्मित व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गर्ने सुअवसर प्राप्त भयाे । पार्टीको संयाेजनमा सकेसम्म देशभरीका स्वास्थ्यकर्मीहरूलाई साे पीपीई हस्तान्तरण गर्ने उद्देश्य छ ।
       जिल्लावासीका नाताले पाल्पाका उपराेक्त अस्पतालमा पीपीई पुरयाउन मैले अगुवाइ गरेकाे थिए । ४८ घण्टा निर्मलीकरण गरेपछि पुन प्रयाेग गर्न मिल्ने प्रकारको उक्त पीपीई अस्पताललाई ५/५ प्रति हस्तान्तरण गर्न सकिएको छ । याे प्रयासमा चाहेजति पीपीई हस्तान्तरण गर्न नसकिए पनि काेराेना भाईरसकाे जाेखिमकाे अग्र पङ्तिमा उभिनु पर्ने स्वास्थ्यकर्मीहरूका लागि केही न केही राहत प्रदान हुने अपेक्षा गरिएकोमा अस्पतालमा कार्यरतहरूकाे ज्यादै मर्मस्पर्शी प्रतिकृया पनि प्राप्त भएकाे छ । हामीले शब्दका ढाडस सहित केही व्यवहारिक आड प्रदान गर्ने सम्मकाे प्रयत्न गरेका हाैं । यसै सन्दर्भमा न्यू एकता क्लब, भुसलडाँडाकाे एम्बुलेन्स चालकका लागि पनि १ प्रति पीपीई प्रदान गर्ने अवसर जुरयाे । 
                 
      समय, समन्वय, सकारात्मक प्रतिकृया सहित हार्दिकता प्रकट गर्ने पाल्पा जिल्ला अस्पतालका अध्यक्ष नेत्र पाण्डे, समाजसेवी नारायण कार्की, सम्पूर्ण अस्पताल परिवार साथै मिशन अस्पतालका डा.रचेल, क्यास विभाग प्रमुख हाेम थापा लगायत डा.महानुभावहरू साथै "राष्ट्रिय आविष्कार केन्द्र नेपाल" ले उपलब्ध गराएको पीपीई काठमाडौंबाट लिई आउने पार्टी काेषाध्यक्ष डब गर्बुजा, प्राविधिक सहयाेगी प्रेम थापा (पाेखरा), नारायण राना (चितवन) र राष्ट्रिय आविष्कार केन्द्र नेपाल सबैमा हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु । यस कार्यमा प्रत्येक्ष अप्रत्येक्ष संलग्न महानुभावहरू एवं राजमुपा, पाल्पाका पदाधिकारी र सदस्यहरू सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । स्वसचेतता सहित सेवा प्रदान गर्ने जिल्लाका स्थानीय मेडिकलहरू सम्झनयाेग्य छन् । स्थानीय निकायबाट जनमुखी कृयाकलापमा प्रयाप्त धयान पुगाेस् भन्न चाहन्छु ।
          समाज र देशमा संकट आईपर्दा थप केही गर्न उद्देलित हुने मनका लागि उदधृत सबैकाे समन्वय र याेगदान सह्रानीय छ । गतिविधिका समाचार प्रवाह गर्ने पत्रकार ज्यूहरूकाे हातेमालोकाे म प्रशंसा गर्दछु । वर्तमानको परिवेशमा स्वास्थ्यकर्मीहरूले ढुक्क भएर कार्य गर्ने व्यवहारिक वातावरण तयार हाेस् भन्ने हेतु सरकारकाे व्यवहारिक पक्ष अविलम्ब फिल्डमा देखिनु पर्छ भन्ने आवाज बुलन्द गर्न चाहन्छु ।
                 
       यसैबीच सरकारी कर्मचारीकाे तलब काेराेना नियन्त्रण काेषमा कट्टी गर्ने भन्ने सरकारी नीति घाेषणा गरिएकाेमा स्वास्थ्य र सुरक्षा क्षेत्रमा निरन्तर खटिने राष्ट्र सेवककाे हकमा पुनर्विचार गरिनु जरूरी देखिन्छ । याे महामारीकाे संकट र त्रासकाे बेला काेहीकसैबाट हुने, गरिने सबै खाले भ्रष्टाचार अक्षम्य अपराध हाे । राष्ट्रलाई थप ऋणको बाेझ बाेकाउन अवसर ठान्ने सबै कुनियत राष्ट्रिय अपराध हाे । यसकाे विरूद्धमा नेपाली जनता एक हुन जरूरी छ । संकटमा मानवीय व्यवहारमा कसैले पनि लापरवाही नगराैं । आत्मबल सहितको सचेतता सबैले कायम गराैं । सबै सबैले काेराेना संक्रमणबाट बचाै । धन्यवाद ।

3 comments:

  1. जिल्लावासीको नाताले थोरै भएपनि पहल गरि सहयोग गर्नु भएकोमा धेरै धन्यवाद ।यसरी नै सबैले सहयोग गरे अति उत्तम हुने थियो ।

    ReplyDelete
  2. संकटमा आर्थिक भ्रष्टाचार ! निश्चित रूपमा झनै जघन्य अपराध हाे ।

    ReplyDelete
  3. Duniya corona virus ko darle kapirako belako kadam. Kehi mahina nabitdai yathartha sabaile bujhe. Himmatilo koshis. .udaharaniya kaam. ..��

    ReplyDelete

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...