Thursday, August 4, 2022

सामूहिक कार्ययोजनाको निर्माण एकताको प्रमुख आधार हुनु पर्दछ

(बेलाको बोली)


११ साना दल र समूह (लोकतान्त्रिक समाजवादी गठबन्धन - DSA) द्वारा आयोजित सम्वाद कार्यक्रम (रिपोटर्स क्लव, नेपाल काठमाडौं) मा राष्ट्रिय जनमुक्ति पार्टीलाई अतिथि र वक्ताको रुपमा आमन्त्रण गरिएको थियो । आगामी संघीय एवं प्रादेशिक निर्वाचन २०७९ मा विचारमा समीप्यता हुने दलहरुले एकता, सहकार्य वा मोर्चाबन्दी गर्ने सम्बन्धमा र एउटै निर्वाचन चिन्ह लिएर मैदानमा उत्रने सम्बन्धमा सो कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट म (टोप अस्लामीले) अतिथि वक्ताको रुपमा सहभागी भएको थिएँ । नेवाः ताम्सालिङ्गका अध्यक्ष एस के महर्जन, सचिवालय सदस्य राम अस्लामी (रोशन) समेतको पार्टीबाट सहभागिता थियो । कार्यक्रम DSA का मान बहादुर तामाङ्गले सञ्चालन गर्नु भएको थियो, नेकपा समाजवादीका महासचिव राजु कार्कीले कार्यक्रम बारे जानकारी गराउनुका साथै स्वागत गर्नु भएको थियो । सिबी गहतराजको अध्यक्षतामा कार्यक्रम रहेको सम्पन्न भएकोे थियो ।


No comments:

Post a Comment

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...