राष्ट्रिय जनमुक्ति पार्टीको दशौं भेला नेपालगञ्ज, बाँकेमा सम्पन्न भएको थियो । यस भेलाले गरेका निर्णयहरु राष्ट्रिय जनमुक्ति पार्टीको जीवनमा ज्यादै महत्वपूर्ण थियो र छ पनि । तत्कालिन पार्टी जिम्मेवारी (स्थायी समिति सदस्य/केन्द्रीय प्रचार विभाग प्रमुख) मा रहदा मैले लेखको रुपमा, व्याख्यात्मक रुपमा पनि राष्ट्रिय जनमुक्ति पार्टीको दशौं भेलाको सन्देशलाई लिपीबद्ध गरेको रहेछु । (छैंठौं राष्ट्रिय महाधिवेशन धरान, सुनसरी, २०७८ भदौं २६२८ पछि हाल म राष्ट्रिय जनमुक्ति पार्टीको महासचिवको जिम्मेवारीमा छु) ।
राष्ट्रिय जनमुक्ति पार्टी, देश र जनताका लागि आजका दिनमा पनि उक्त निर्णयहरु त्यत्तिकै सान्दर्भिक र उपयुक्त रहेको ठहर भई ब्लगमा प्रकाशित गरेको छु । सबैको उचित परामर्श र समालोचनाको अपेक्षा गर्दछु । #जनताजागौं #भ्रष्टाचारदेशद्रोहहो #भ्रष्टाचारीदेशद्रोहीहो #अबकोविकल्पजनमुक्ति #घरचिन्ह
No comments:
Post a Comment