Sunday, December 27, 2020

(दृष्टिकोण) वर्तमान राजनीतिक अकर्मन्यता पछिको अलमल

 वर्तमान राजनीतिक अकर्मन्यता पछिको अलमल

टोप अस्लामी

"राजनीतिको चलखेल यथास्थितिमै रहयो भने घोषित समय आगामी बैशाख १७ र २७ मा चुनाव हुन सम्भव छैन । यदि बलपूर्वक त्यसलाई सम्भव बनाउन खोजियो भने त्यसले मूलूकमा ठुलो राजनीतिक भिड़न्त  निम्त्याउनेछ । कारणवश सर्वोच्चले राष्ट्रपतिको कदमलाई सही ठहर गरेछ भनेपनि मध्यावधी निर्वाचनको मिति राष्ट्रिय सहमतिको आधारमा तय हुनुपर्छ र हालको ओली सरकार विस्थापित गरी सर्वदलीय चुनावी सरकार गठन गरिनुपर्छ "

       कोरोना भाईरसको सन्त्रासका कारण संसदले बिजनेश नपाएको अवस्थामा रहन बाध्य हुँदा नीति नियम निर्माणका लागि रस्साकस्सी गर्नु पर्ने साँसदहरु तलब भत्ता बुझने बाहेक पुरै वेकामी सावित भएका थिए । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले पुष ५ गतेका दिन बिहान सबेरै हठात संसद विघटनको सिफारिस गरे । त्यसलाई राष्ट्रपति विद्या भण्डारीबाट तत्काल सदर गर्ने काम भयो । यस बीचमा विभिन्न प्रतिकृयाहरु व्यक्त गरिएका छन् । विभिन्न राजनीतिक दलहरु जो संघीय संसदमा प्रतिनिधित्व गर्छन् साथै नागरिक समाज जो नागरिकका आवाज बोल्ने जिम्मेवारी लिएका छन् सबैले प्रधानमन्त्रीले गरेको त्यो हठात संसद विघटन प्रस्ताव र राष्ट्रपतिको तत्कालको कदम बारेमा बोल्ने क्रम बढ्दो छ । यस बीचमा प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमलाई गैरसंवैधानिक र असंवैधानिक भन्दै सर्वोच्चमा हालिएको मुद्दा बहस पैरवीमा छन् । अर्थात एक दर्जन बढी संख्यामा दायर गरिएका ती मुद्दाहरु बारेमा सर्वोच्चको फैसला के आउने हो भन्नेमा पनि यतिखेर आम चासोको विषय बनेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई लिएर सर्वोच्चमा बहस पैरवीका लागि संवैधानिक इजलाश खडा भईसकेको सन्दर्भमा त्यसको फैसला कस्तो आउनु पर्ने भन्ने बारेमा पनि बुद्धिजीविहरुमाझ व्यापक छलफल चलीरहेको छ । यद्यपि सुविधाजनक बहुमत प्राप्त दल र त्यसका नेताहरुले मूलुकलाई गलत मार्गमा हिंडाउन तल्लीन भईरहेको बेलामा पनि देशलाई वर्बादी हुनबाट बचाउन सार्थक प्रयास शायदै भए । हामी एकाधले त्यसका लागि भरमग्दुर प्रयास गरयौ तर जनता तहमा त्यसको बारेमा खुलेर बहस हुन अझै सकीरहेको छैन ।

वास्तवमा संसद विघटनको कदम संवैधानिक कि असंवैधानिक भन्ने बहस व्यापक रुपमा उठेको छ । त्यसको लर्कन सर्वोच्च सम्म पनि पुगेको छ । तर हाम्रो बहस त्यस तर्फ केन्द्रित हुनु जरुरी छैन । हाम्रो बहस भनेको, प्रत्येक्षतः प्रधानमन्त्री र राष्ट्रपतिको मिलीभगतमा घटाईएको घटनाले देशलाई राम्रो गर्छ कि गर्दैन भन्ने तर्फ केन्द्रित हुनु पर्दछ । अर्थात संसद विघटन र मध्यावधी निर्वाचनको घोषणा ठीक हो कि होईन र यसले देशलाई फाईदा कि घाटा भन्ने तर्फ केन्द्रित हुनुपर्छ । निश्चय पनि, यो कदम पूर्णतः बेठीक हो र देशमा राजनीतिक अस्थिरता ल्याउने उद्देश्यबाट प्रेरित घटनाक्रम भएको हुँदा यसले देशलाई घाटानै पुरयाउनेछ । अहिलेको घटनाक्रमलाई संवैधानिक कोणबाट होईन राजनीतिक कोणबाट हेर्ने र त्यसको व्याख्या विश्लेषण गर्ने तर्फ हाम्रो ध्यान केन्द्रित हुनु जÞरूरी छ । 

यसो किन भनिएको भने यदि सर्वोच्चले राष्ट्रपतिको कदम संवैधानिक भएको ठहर गरेछ भने चाहि के होला त ? भन्ने कुरा अर्को गम्भीर पक्ष छ ।  देशमा राजनीतिको सही व्यवस्थापन चाहनेहरुले त्यस्ता कैयन जिज्ञासाहरु आफू र जनमानसमा छलफलमा लैजान जरुरी छ । राजनीतिको चलखेल यथास्थितिमै रहयो भने घोषित समय आगामी बैशाख १७ र २७ मा चुनाव हुन सम्भव छैन । यदि बलपूर्वक त्यसलाई सम्भव बनाउन खोजियो भने त्यसले मूलूकमा ठुलो राजनीतिक भिड़न्त  निम्त्याउनेछ । कारणवश सर्वोच्चले राष्ट्रपतिको कदमलाई सही ठहर गरेछ भनेपनि मध्यावधी निर्वाचनको मिति राष्ट्रिय सहमतिको आधारमा तय हुनुपर्छ र हालको ओली सरकार विस्थापित गरी सर्वदलीय चुनावी सरकार गठन गरिनुपर्छ भन्ने राजनीतिक प्रस्तावलाई अगाडि बढ़ाउनु उचित हुने बारे हाम्रो प्रस्ट दृष्टिकोण बन्नु पर्दछ ।

विगत ७० वर्ष यताको राजनीतिक लडाई, त्यसमा जनताले गरेको बलीदान र त्याग स्मरण गर्ने हो भने जनताको विश्वास लिएर जिम्मेवारी लिएकाहरुबाट कहिल्यै पनि इमान्दार ढङ्गले काम गर्ने प्रयास भएन । देश कमाण्डको जिम्मेवारी लिनेले भाग बण्डाको भारी सत्तासिन र वरीपरी नै केन्द्रित गर्ने काम भयो । यो कुरा त सामान्य नेपालीहरु सबैलाई थाहा छ । यसले गर्दा आम नेपाली जनताको मनोविज्ञान विस्तारै आत्मकेन्द्रित हुने अवस्थामा पुगेर गुज्रने भएको छ । समाजमा व्याप्त यस्ता दुश्चक्रीय सोंच र नयाँ परिवर्तनका लागि हातेमालो नगर्ने अभीष्टले हामी नेपालीलाई कहीं पनि पुरयाउँदैन । अर्थात थप निराशाको भारी बढ्नुका साथै समाजले स्वतः उत्प्रेरित भएर काम गर्ने अवस्था कमजोर हुँदै जान्छ । यसैको परिणाम हो नयाँ पुस्ताले आफ्नो देशमा अवसर देख्न नसक्ने अवस्थाको आकलन गर्नु । नयाँ मात्र के पुरानै पुस्ताले पनि आफ्ना नयाँ पुस्ताको भविष्य आफ्नो भूमिमा नै छ भनेर विश्वास गर्ने अवस्थामा प्रतिकूलता महशुस गर्ने परिस्थिति छ भन्ने कुरा समाजमा व्याप्त व्यवहारिक पक्षले पनि उजागर गरीरहेको छ ।

यहाँनिर नेपाली जनताले बुझनै पर्ने कुरा के छ भने राजनीतिक रुपमा पटक पटक बेईमानी कायम गरेकाहरुलाई एउटा माहोलमा गल्र्याम्मै अङ्गालो हाल्दा देशलाई कति घाटा भईरहेको छ त ? विदेशी ऋणको थप भारी बोक्ने शर्तमा हुने गरिने फगत विकास निर्माणलाई आधार बनाई आशाको त्यान्द्रोमा कति सम्म झुण्डीई रहने हो त ? भाषणका ललीपप र समय सापेक्ष हुलमुलबाट टाढिन नचाहने हाम्रा मानसिकताले लिएको निर्णयको प्रतिफलमा सिङ्गो देशलाई नै अपाङ्ग बनाएर राखेको बारे पुनर्विचार गर्नु पर्ने होईन र ?

हो, राजनीतिक रुपमा अकर्मन्य मानसिकताले ओतप्रोत जमातले नेपाललाई सही बाटोमा हिंडाउन सक्दैन भन्ने कुरा पछिल्लो घट्नाले झनै सावित गरेको छ । विगतमा ठूलाठूला राष्ट्रघाती कार्य सम्पन्न गरेर ऐंजेरु परेको हालका प्रधानमन्त्री खड्ग प्रसाद ओली जस्ताको हातमा नेपाललाई सुम्पनु कति जायज थियो त भन्ने कुरा ती दलका नेताहरुले पनि पुनर्विचार गर्नु पर्छ कि पर्दैन ? १० वर्षे शसस्त्र संघर्षलाई घाम बादलको लुकीछिपी जस्तो क्षणभरमै अस्ताउन हाल्ने अल्पकालिन कार्यनीतिका माहिर पुष्पकमल दाहाललाई विश्वास गर्नु नेपाली जनताको मुर्खता सिवाय केही होईन भनेर जनताले अब बुझ्ने कि नबुझ्ने ? यस्ता पात्रहरुले आफ्ना निहित स्वार्थ पुरा गर्नका लागि कथित ठूलो दल बनाउने शंखघोष गर्दा हामीले भनेका थियौं यो ‘वाम गठबन्धन होईन बल्की हाम्म गठबन्धन’ हो भनेर । तर पनि आकर्षक गफ र तत्कालिन माहोलमा लुटपुटिन पाउँदा रमाउने नेपाली मनोविज्ञान जुन छ यसको निष्कर्षमा वर्तमान परिस्थितिको निर्माण भएको हो । देशप्रेमको दुहाई दिएर नथाक्नेहरुले यस बारेमा के जवाफ पेश गर्ने हो ?

समृद्ध नेपाल र सुखी नेपालीको सपना (कार्यनीति?) राजनीतिक अकर्मन्यताबाट स्थापित गर्छु भनेर स्यालहुँइया मच्चाएको इतिहासलाई नेपालीले अब चिन्नु पर्दछ । अहिले सत्ता र श्रोतको दम्भमा देशलाई नराम्ररी परचक्रीको खेल मैदान बनाउने अर्को खराब प्रयास भएको यदि ठहर गर्न सकिएन र केवल जागिरे मानसिकताबाट मात्र उत्प्रेरित हुने अवस्थालाई मलजल गर्ने हो भने देश निर्माण नारा फगत आदर्शका पाखण्ड हो भनेर बुझ्दा हुन्छ । 

पुष ५ गतेको संसद विघटन प्रकरण प्रधानमन्त्री ओलीको आवेगात्मक कदम भन्दा पनि नियोजित घटनाक्रम हो भन्ने तर्फको संकेत हो । यसले देशको राजनीतिक कमाण्ड अरु कसैको नियन्त्रणमा रहेको समेत संकेत गरेको छ । यसको  व्यापक भण्डाफोर गर्नु आवश्यक छ । देशमा केही न केही जनमत प्राप्त दलहरुले संसदको बिजनेश अङ्गीकार गर्ने र केही न केही राहत महशुस गर्ने भन्दा यस्ता अकर्मन्यताको व्यापक भण्डाफोरका लागि एकीकृत हुनु अहिले मूलुकको आवश्यक्ता हो । यसै सन्दर्भमा अगाडि भनिए जस्तो यदि नयाँ जनमतमा जाने हो भने पनि त्यस्तो जनमतका लागि सर्वदलीय चुनावी सरकारको एजेण्डालाई सार्थक बनाउन हामीले जोड दिनु जरुरी छ । किनभने सत्ताको आडमा निर्वाचन लडेपछि नेपाल जस्तो देशमा फेरि पनि जनताले निर्धक्क भएर आफ्ना सही प्रतिनिधि छान्न निकै नै गाह्रो हुन्छ । देश मूल राजनीति छिन्नभिन्न भएपछि जनताले अब उपाय के नै छ र भन्नु एउटा कुरा हो तर वर्तमान राजनीतिक घट्नाको उत्पीडन महशुस गर्नेहरुले सत्ताधारी जस्तै तरिकाले सोंचेर अगाडि बढ्दा देशले सही प्रतिफल पाउन सक्दैन । अर्थात राष्ट्रिय सहमति नबनेर अगाडि बढ्ने राजनीति र यसले सृजना गर्ने वातावरण नेपाल निर्माण गर्ने स्वच्छ र महान उद्देश्यसंग कहिल्यै मेल खाँदैन ।

देश र जनताको लागि समय र श्रोत लगानी गरीरहेका देशप्रेमी र राष्ट्रभक्तहरुले अब अली उदार हुन सक्नु पर्दछ । मिल्ने र निल्ने नीति आजको आवश्यक्ता होईन भन्ने कुरालाई पनि उत्तिकै आत्मसाथ गर्न सक्ने महानता देखिनु पर्दछ । यसका लागि आफूले उठाएका राजनीतिक कार्यक्रमहरुसंग अरुले उठाएका कार्यक्रमहरुलाई एउटै टेबलमा सौहाद्र्ध वातावरणमा चरणचरणमा छलफल गर्न अल्मलिनु सबैका लागि प्रतिकूल छ । यो कुरा संसदका रस चाख्दै आएका दलहरुले अरु जिम्मेवार भएर आत्मसाथ गर्न सकेको खण्डमा एउटा राजनीतिक अकर्मन्यताले ओतप्रोतको बदलामा अर्को राजनीतिक अकर्मन्यता कहिल्यै स्थापित हुन नसक्ने राजनीतिक वातावरण बन्न सक्दछ । किनभने संसदमा प्रतिनिधित्व नहुँदैमा र निर्वाचनको मैदानमा सफलता प्राप्त नगरेकै आधारमा गरिने व्यवहारले थप कठोर राजनीति तर्फ डोरयाउने पक्का छ । यस्तो राजनीति नयाँ पुस्ताका लागि भरोसाको केन्द्र बन्न सक्दैन । नयाँ पुस्ता जो स्वदेशमा कर्म गरेर आफू सन्तुष्ट हुन चाहन्छन् र देशमा योगदान गर्न चाहन्छन् तिनका चाहना र आवश्यक्तालाई सम्बोधन गर्ने  प्रशस्त गर्ने उपायहरु संसदमा प्रतिनिधित्व नगरेका दलहरुले पनि अथक रुपमा बोक्दै आएका छन्  ।   

(उपमहासचिव, राष्ट्रिय जनमुक्ति पार्टी)

 (२०७७ पुष १२ गते संघीय एक्सप्रेसमा प्रकाशित)


 


Saturday, December 26, 2020

(बेलाको बोली)

 
राष्ट्रिय जनमुक्ति पार्टीको सांगठनिक अभियानमा खटिदै गर्दा Buddha Darshan TV HD मा गरिएको अन्तरवार्ता रेकर्ड । मिति २०७७ मंसिर २२ गते साँझ ७ बजे Youtube (Buddha Darshan TV HD) वा Facebook (बुद्धदर्शन टेलिभिजन) मा प्रसारित भएको थियो । टिभी जर्नालिस्ट (अन्तरवार्ताकार) Prem Gaha, बुद्धदर्शन टेलिभिजन, (कावासोती, नवलपरासी सुस्ता पुर्व / नवलपुर) परिवार सबैमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

Wednesday, August 12, 2020

(इतिहास ; पुर्खाको गौरव गाथा)

राष्ट्रिय वुजूदसँग गाँसिएको छ पाल्पाको भगवती जात्रा

    पेरिस नजिकको ‘ओरले एयरपोर्ट’मा पुगेर सन् १९५०, मार्च ३० तारिकका दिन ‘एयर–फ्रान्स’को प्लेनबाट कायरो–कराँची हुँदै दिल्ली आएर रेलबाट नौतनवा आई पुगेपछि नेपालतिर लागेका जर्मनी पर्वतारोही जी.ओ. डेरेनप्रुट, अप्रेल ८ तारिखका दिन साँझपख तानसेन आई पुगेका थिए । तानसेन आई पुगेपछि उनले जब तानसेनको प्राकृतिक मनोरमता र साँस्कृतिक निधिहरुलाई नजिकबाट निँयाले, तानसेनको साँस्कृतिक परिवेशलाई देखेर यति प्ररित भएकी उनले तानसेनलाई यसरी वर्णन गरेका छन्: “कालीगण्डकी उपत्यका पुग्नुभन्दा पछिल्लो डाँडा, जहाँबाट ओर्लिएपछि कालीगण्डकी नदीमा पुगिन्छ, त्यस डाँडामा ५००० जनाको बसोबास रहेकोे हृदयग्राही चित्र जस्तो, हुन लायक, अति सुस्पष्ट र सजीव (Picturesque) सानो सुन्दर नगर तानसेन रहेछ । तिब्बत जाने प्राचीन व्यापारिक पैदल मार्ग तानसेन हुँदै गएको रहेछ । कालीगण्डकीको साँगुरो गल्छी, तरेली परेको खेतका गराहरुले मन लोभ्याउने गर्दछ” । हुन पनि साँस्कृतिक परम्परा पउल भएको जात्रै जात्राको नगर तानसेन हो । साँस्कृतिक परम्पराको लयमा तानसेनमा वर्षभरि नै नयाँवर्षको आगमनसँगै बैशाख १ गते अमरगञ्जमा अवस्थित वटुक भैरबको खट्यात्रा शुरु भए यता वर्षको अन्तिम दिन चैत्र मसान्तको दिन हुने तानसेन टक्सारटोल अवस्थित कालभैरबको खट्यात्रासँगै तानसेनको साँस्कृतिक श्रृखलाको चक्र पुरा हुन्छ ।

    बैशाख महिनाको पहिलो दिनदेखि शुरु हुने वटुकभैरबको जात्रा पछि बैशाख पूर्णिमाको दिन गौतम बुद्धको खट्यात्रा, बैशाखमा हुने दमकडाको माण्डव्य ऋषिको रथयात्रा, गुनि पुन्हि (जनै पूर्णिमा)को दिनदेखि गाईजात्रा, रोपाईजात्रा, बाघजात्रा लगायत विभिन्न देवी देवताहरुको खट्यात्राहरु तानसेन हुने गर्दछन् । परेवाको दिन गाईजात्रा, अर्को दिन रोपाई जात्रा र भाद्रकृष्ण पक्षको द्वितीयाको दिन बाघजात्रा र सोही दिन भाद्र कृष्ण द्वितीयामा श्रीनगर गणेशजात्रा, भाद्र कृष्ण चतुर्थीका दिन टक्सार गणेशजात्रा, भाद्र कृष्ण पञ्चमीका दिन भीमसेन टोलकोे भीमसेनजात्रा, कृष्णाजन्माष्टमी र कृष्णाजन्माष्टमीको भोलीपल्ट श्री ७ रणउजीरेश्वरी भगवतिको खट्यात्रा एवम् रोहिणी नक्षत्र जुराएर सोही दिन वा अर्को दिन अमरनारायणको खट्यात्रा हुने गर्छ । तानसेनमा हुने जात्राहरुको आ–आफ्नै विशेषता र महिमा छ । कुनै मृत्यु गणना संस्कारमूलक जात्रा रहेको छ भने कुनै कृषिकर्म, कुनै शिकार संस्कृतिलाई प्रतिनिधित्व गर्ने जात्राहरु रहेका छन् । विभिन्न देवीदेवताहरुको खट्यात्रा धार्मिकतासँग जोडिएको छन् भने त्यसमध्ये फरक प्रकृति र आफ्नै मौलिकता बोकेको जात्रा तानसेन बजारको मध्यभागमा अवस्थित श्री ७ रणउजीरेश्वरीको जात्रा हो, जुन ‘पाल्पाको भगवती जात्रा’ को नामले प्रसिद्ध छ । जात्रासँग राष्ट्रियता, राष्ट्रिय गौरव, गौरवमय इतिहास र राष्ट्रिय वुजूद गाँसिनु यस जात्राको मौलिक पक्ष हो । यस जात्राको महिमा र मौलिकतालाई हृदयङ्गम गरी कदर स्वरुप नेपाल फिलाटेलिक ब्यूरोले २०६८ साल पौष ११ तद्अनुसार सन् २०११ डिसेम्बर ३१ तारिखका दिन धार्मिक टिकटमालामा प्रथम दिवसीय टाँचा लगाई पाल्पाको ‘श्री ७ रणउजीरेश्वरी भगवती’ चित्र अङ्कित दुई रुपैया मोलको हुलाक टिकट जारी गरेको छ । यसको साथै भरखरै प्रदेश नं.५ प्रदेश सरकार (मन्त्रिपरिषद्)को मिति २०७७ साल बैशाख १० गतेको निर्णय अनुसार “पाल्पाको भगवतीजात्रा”को दिन सार्वजनिक बिदा दिने मार्केवल काम गरेको छ ।

    श्री ७ रणउजीरश्वरी भगवतीका खट्यात्रा (जात्रा) सँग धार्मिक महिमा जति गाँसिएको छ त्यत्तिनै जात्रासँग नेपालको गौरवमय इतिहास र नेपाली सेनाको वीरता, धीरता र रणकौशल पनि जोडिएको छ । आफ्नो साम्राज्य भित्र कहीँ कतैे सूर्य नअस्ताउने भू–भाग कोमेको अनि आफूलाई अवल दर्जाको ठान्ने र अरुलाई किन्चित नमान्ने अँग्रेजी साम्राज्यको ठूलो इकोनोमिक इञ्जिनको रुपमा रहेको ईष्ट इण्डिया कम्पनी/कम्पनी सरकार र नेपाल सरकार बीच भएको आङ्ग्लो–नेपाल–वारको समर सौन्दर्य साथै कम्पनी सरकारलाई एक पटक होइन, पटक पटक समरभूमिमा परास्त गरेको इतिहास स्वर्ण अक्षरले कोरिएको यस जात्राको अहम पक्ष हो । सम्वत १८७१ साल कार्तिक ७ गते महाअष्टमीका दिन पाल्पाका पहिलो तैनाथवाला साना काजी अमरसिंह थापाको मृत्यु भएपछि भगीरथ जैसीलाई लेखिएको रुक्का–पत्र अनुसार साना काजी अमरसिंह थापाका माहिला छोरा नयनसिंह थापाका जेठा छोरा वर्ष १९ को उजीरसिंह थापा आफ्ना बाजे अमरसिंह थापाको मृत्यु भएको २० दिनपछि वि.सं. १८७१ साल कार्तिक २६ गते वृहस्पति वार चतुर्दशीका दिन पाल्पाको तैनाथी लिएर घरबाट रमाना भएका थिए ।
    कर्णेल उजीरसिंह थापाको पाल्पामा आगमनसँगै युद्धको कालो बादल मडारिन थाली सकेको थियो । उनले पाल्पा आए लगतै गढीगौडा, बाटोघाटो, सेनाको इन्तिजाम युद्धस्तरमा युद्धको तैयारीमा लाग्नुका साथै पृथ्वीनारायण शाहको पालादेखि लडाई खेल्न जानु अघि सायत देखाउने र मठ मन्दिरमा पूजाआजा गरी भाकल गर्ने जुन प्रचलनलाई अवलम्बन गरी कर्णेल उजीरसिंह थापाले युद्धमा जाने सायत देखाउनुका साथै तानसेन बजारको मध्यभागमा अवस्थित प्रख्यात महिषासुरमर्दिनी भगवतीमा पूजाआजा र युद्धमा विजयश्री प्राप्त भयो भने तीनतले मन्दिर निर्माण गरी सिन्दुरजात्रा सहित भगवती माईको चारैचौरास महिमा फैलाउने छु भनी भगवतीको पाउ छोई भाकल गरी समरभूमितर्फ लागेका थिए ।

    कर्णेल उजीरसिंह थापाले पाल्पा नुवाकोट गढीबाट नेतृत्व गरी बुटवल मोहडा, जीतगढीमा पौष र बैशाख महिना गरी दुई पटक कम्पनी सरकारसँग युद्ध भएको थियो । ती युद्धहरुमा नेपालले विजयश्री हासिल गर्यो । कर्णेल उजीरसिंह थापाले आफू युद्धमा जानु अघि गरेको भाकल बमोजिम भगवतीको तीनतले मन्दिर वि.सं. १८७२ मा थालनी गरी वि.सं. १८७६ मा निर्माण पुरा गरी प्रस्तरको भाकल गरेको उक्त सोह्रवाहुँकी महिषाशुर मर्दिनी भगवतीको मूर्तिलार्ई गर्भमा पारी अठारवाहुको अष्टधातुले बनेको महिषाशुर मर्दिनी भगवतीको मूर्ति स्थापना गरेका थिए । साथै मन्दिरमा आफ्नो उचाइ बराबरको सुनको मोलम्बो चढाइएकोे गजुर स्थापित गरेका थिए । मन्दिरको प्रदक्षिणा मार्गको वायब्य कोणमा सूर्य, ईशान कोणमा विष्णु, आग्नय कोणमा शिव, नैऋत्य कोणमा गणेशको मूर्ति साथै गर्भगृहको मध्यभागमा अष्टधातुबाट बनेको सो अठारबाहु भएकी महिषासुरमर्दिनी भगवतीको प्रतिमा स्थापन गरीे मन्दिरलाई दुर्गा पञ्चायनको रुप दिइएको थियो । कर्णेल उजीरसिंह थापाले तीनतले मन्दिर बनाई महिषासुर मर्दिनी भगवतीको मूर्ति स्थापना गरिसकेपछि त्यस मन्दिरको व्यवस्थापन, नित्य–नैमित्तिक पूजा, वर्ष बन्धक पूजा, जात्रा संञ्चालन गर्नको निमित्त विभिन्न गुठीको व्यवस्था पनि गरिदिएका थिए । भगवतीको पूजाआजा गर्न पूजारीको रुपमा वराहमिहिरले बृहत्संहितामा उल्लेख गरे अनुसार देवीको मन्दिरमा पूजाआजा गर्न ‘मातृमण्डल’को ज्ञान भएको पुजाहारी हुनु पर्नेे विधिविधान अवलम्बन गरी ललितपुर महानगरे जयश्री मित्र संस्कारित मयुरवर्ण विहारका गौतम गोत्रका चन्द्रमणी गुभाजुलाई ल्याएका थिए । यस मन्दिरको पूजाआजा अहिलेसम्म उनैका दरसन्तानले गर्दै आएका छन् ।

    श्री ७ रणउजीरेश्वरी भगवतीको सिन्दुर जात्रा सहित भगवतीको महिमा चार चौरास फैलाउन हेतुले हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी जात्रा संञ्चालन हुँदै आएको छ । श्री ७ रणउजीरेश्वरी भगवतीको खट्यात्रामा प्रयोग हुँदै आएको खट्मा ‘।। स्वस्ति श्री संवत् १८७७ साल सौर मानन् आषाढ मास दि नगतेषु १९ शुक्र वारसे दि नगत घटिषु २८ पलेषु ५५ श्री ७ भगवतीका चरणमा श्री कर्णेल उजीरसिंह थापाले चढाएको षट हो शुभ्म ।।’ हरफहरु उत्कीर्ण गरिएकोले ‘श्री ७ रणउजीरेश्वरी भगवतीको खट्यात्रा’ वि.सं. १८७७ सालदेखि थालनी भएकोे देखिन्छ । कृष्णाजन्माष्टमीको दिन रणउजीरेश्वरी भगवतीजात्राको अधिल्लो दिन जागेराम बस्ने गरिन्छ । जागेरामको दिन दाफा भजन मण्डलीहरुबाट राती अबेरसम्म भजन हुने गर्दछ । सोही राती अष्टमीका पूजापछि साइत जुराएर नगर परिक्रमा गरिने खट्मा राखिने भगवतीको मूर्तिलाई सजधजका साथ भगवती समितिका अध्यक्षले बडो सम्मानपूर्वक बोकी, पाल्पामा रहेको नेपाली सेनाको गणको सेना प्रमुखले कर्णेल उजीरसिंह थापाले युद्धमा प्रयोग गरेको जनश्रुति रहेको खड्ग हातमा समाई सेनाको गारदले सलामी अर्पण गरीसकेपछि बढाई गर्दै सम्मानका साथ सो भगवतीको मूर्तिलाई खट्मा लगी राख्ने गरिन्छ । खट्लाई तीनपटक मन्दिरको परिक्रमा गरिसकेपछि खट्लाई मन्दिरको सामुन्ने विजय स्तम्भनिर राख्ने गरिन्छ । भोलीपल्ट नवमीको दिन सझधजका साथ सजाइएको खट्मा कर्णेल उजीरसिंह थापाको खड्ग सहित मूल पूजारी हिक्मत बहादुर गुभाजु खट् भित्र बसी खट्यात्रा हुने गर्दछ । अघि भगवतीको रथयात्रामा स्वयम् कर्णेल उजीरसिंह थापा र चन्द्रमणी गुभाजु साथमा बसी खट्यात्रा हुने गर्दथ्यो भन्ने जनश्रुति रहेको छ ।

    खट्यात्राको दिन वर्षबन्धन पूजा, कारण पूजा सम्पन्न भएपछि दिउँसो मध्यान्न खट् उठाउने सायत जुराई सेनाको गारदले सलामी अर्पण गरेपछि बढाईका साथ सैनिक व्याण्ड बाजाको धुन, बिगुलको जोसिलो नाद र झ्यालीको तालमा कदममा कदम मिलाउँदै गुरुप्प गुरुप्पको आवाजसँगै अगाडि बढेकोे सैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी साथै निजामति कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारणहरुको लावालस्करका साथ अधि अधि पञ्चबाजा, अनि दायाँ हातले ढोललाई गजाले ठोक्दै, वायाँ हातले थाप मार्दै ढोलको नादसँग भ्mयालीको तालमा जोस र उमङ्गलाई साट्दै गरेका युवाहरुको जोस र जाँगरका साथ श्री ७ रणउजीरेश्वरी भगवती माईको खट्यात्रा जब उठ्छ, यस क्षणले उल्लासमय विजयोत्सवको झ–झल्को दिने गर्दछ । मानौ युद्धमा विजय हासिल गरी आएको वीरहरुको समुहले विजयोत्सव मनाउँदै गरेकोे जस्तो लाग्छ । अझ पृथ्वीनारायणशाहद्वारा गोरखामा खडा गरिएको विभिन्न पल्टनहरु मध्ये पहिलो पल्टन ‘शार्दूलजङ्ग पल्टन’ जुन पल्टन केही वर्ष बडागुरुज्यूको मातहतमा रहन जानाले यस पल्टन ‘गुरुज्यु पल्टन’को नामले पनि परिचित छ त्यस पल्टनको सहभागिताले अतीतको राट्रिय गौरवलाई ताजा गराई दिने गर्छ । साथै रणवाद्य नरसिङ्गा (रणशृङ्ग/रणसिङ्ग) एवम् कर्णालले आकाशरेखा कोर्दै, नरसिङगा र कर्णालको गगनभेदी नादले सगरलाई चिर्दै गरेको गुञ्जन जब श्रीनगर डाँडाबाट प्रतिध्वनित हुन्छ तब उपस्थित नेपालीहरुको मन, राष्ट्रिय गौरवले धक्क फूल्ने गर्दछ । हुन पनि ‘पाल्पा भगवतीको खट्यात्रा’को धार्मिक महिमासँग मात्र गाँसिएको छैन् युद्ध र युद्धमा विजयको प्रतिनिधित्व गर्ने ‘विजयोत्सव’ सँग यस जात्राको महिमा पनि गाँसिएको छ । श्री ७ रणउजीरेश्वरीको खट्यात्रा, ‘पाल्पा भगवतीजात्रा’ वीरता, धीरता, रणकौशल र नेपालको गौरवगाथासँग स्पन्दित भएको जात्रा हो । साथैै समरभूमिमा राष्ट्रको खातिर आप्mनो निजात्मक जीवनलाई किन्चित नमानी आफूलाई उत्सर्ग गर्ने सरदार सुर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर वोहोरा, हवल्दार रणसुर वानिया एवं जुठे बस्नेत लगायत पाँच सय जना वीर सपुतहरुको रगत पसिना र काजी वीर भञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजीरसिंह थापाको दलमुखी आँटले सिंचिएको गौरवमय इतिहास जोडिएको यस जात्रामा मनको अन्तर कुन्तरबाट रगडिदै उर्लेर आएको राष्ट्रिय भावना गला हुँदै जब जागृत भई ‘जय जयकार’ को स्वर गुञ्जायमान हुन्छ तब खट्यात्रामा सामेल भएका प्रत्येक नेपालीको मुखमण्डलमा राष्ट्रियताको रक्तिम लालिमा पोतिने गर्छ ।

    तोरीको तेलमा मोहनी फिटेको कालोटीका निधारमा लगाएका अठ्तालिस जना कुमाल जातिका पीपाहरुले सालकाठको नोल हालिएको अजंगको भगवतीको खट् जब बोकेर खट्यात्रा अगाडि बढ्ने गर्दछ । सबैभन्दा पहिले ‘मूलपूजा’ हुने गर्दछ, त्यसपछि खट्ले मन्दिरलाई तीनफन्को मारेपछि ‘कर्णेलीपूजा’ हुने गर्छ । ‘कर्णेलीपूजा’ सकिएपछि खट्यात्रा ठूलो मूलढोकाबाट निस्किएको भगवतीको खट्यात्रा शीतलपाटीबाट सरासर पाल्पा दरबारमा पुगी अघि तत्कालीन तैनाथवाला (पछि बडाहाकिम हाल प्रमुख जिल्ला अधिकारी) को पूजा चढ्ने गर्दछ । त्यहाँबाट फर्केपछि मात्र दुनियाँदारीको पूजा लिने प्रचलन छ । पाल्पा दरवारबाट फर्केपछि शीतलपाटी–गोपीटोल (बसन्तपुरटोल) –चुत्राभज्याङ् (कैलाशनगर) – फेरि शीतलपाटीमा आई – असनटोल – नारायणटोल –भीमसेनटोल हुँदै तानसेन नगरपालिका पुगेर नगर प्रमुखले पूजा दिएपछि खट्यात्रा सैनिक ईलाकामा प्रवेश गर्दछ । सैनिक ईलाकामा खट्यात्रा प्रवेश गर्दा खट्लाई सेनाका जवानहरुले नै बडो आस्थाका साथ खट्लाई बोक्ने गर्दछन् । व्यारेकमा सेनाको गणपतिबाट पूजा सम्पन्न भएपछि खट्यात्रा बसपार्क–बडिज्ञानटोल–सिलेखानटोल–टक्सारटोल हुँदै फेरि भगवती मन्दिरको परिसरमा आएर खट्लाई मन्दिरमा तीनफन्को लगाएर भित्रिएपछि साँस्कृतिक, ऐतिहासिक एवम् राष्ट्रिय गौरब बोकेको खट्यात्राको समापन हुन्छ ।

    वि.सं. १८७७ सालदेखि प्रत्येक वर्ष हर्षोलासका विजय उत्सवको रुपमा मनाउँदै आएको श्री ७ रणउजीरेश्वरीको खट्यात्रा यसवर्ष वि.सं. २०७७ सालको खट्यात्राले दुई शताब्दीको लर्कन तय गरेको छ । पाल्पाको भगवती जात्रा तानसेनेली र पाल्पालीहरुको मात्रै होइन, न योे आञ्चालिक मात्रै हो न प्रादेशिक नै हो । श्री ७ रणउजीरेश्वरी भगवतीको जात्रा त राष्ट्रियता, राष्ट्रिय गौरव र राष्ट्रिय वुजुदसँग गाँसिएको छ । यो ‘पाल्पा भगवतीजात्रा’ राष्ट्रिय पर्व हो । यसको गौरवमय इतिहास, नेपालीहरुको वीरता, धीरता एवम् यस जात्रासँगै गाँसिएको ‘राष्ट्रिय वुजूद’लाई नयाँ पुस्ताको माझमा पुर्याउनु आजको खाँचो रहेको छ । अब पाल्पामा मात्रै सार्वजनिक बिदा पुग्दैन राज्यभरी नै यस दिन सार्वजनिक बिदा दिनु पर्दछ । बिदा दिएर मात्र केही हुने ता होइन नि ! तर यस दिन किन बिदा दियो ? भन्ने कौतूहलता युवा मनमा जिज्ञासा पैदा हुन सक्छ र नेपालीहरु ता अरुको मुख मात्र ताक्ने कौम होइनौं रहेछ नि ! नेपालीहरुको गौरवगाथा ता बेग्लै रहेछ भन्ने बोध हुने नै छ । यसले वेलाबखतमा जुन राष्ट्रियतामा तरलता आउने गर्छ, यसको निराकरण पक्कै गर्ने यस ‘श्री ७ रणउजीरेश्वरी भगवती जात्रा’ले सामथ्र्य राख्नेछ भन्ने कुरामा दुई मत हुने छैन । 🙏

(इतिहास र साँस्कृतिक पक्षमा कलम चलाउनु हुने विद्वत व्यक्तित्व निर्मल श्रेष्ठ ज्यूको यो लेख DCNepal डिजिटल  पत्रिका  https://www.dcnepal.com/2020/08/178944/ मा प्रकाशित छ ।)

Monday, August 10, 2020

(विशेष विचार) विनिर्माण पक्षधर हावी नेपाली राजनीति

"विनिर्माण पक्षधर हावी नेपाली राजनीति" शिर्षकमा लिपीवद्ध गरिएको विचार म काठमाडौंमा रहँदा मिति २०७२ असार ५ गतेका दिन तयार गरिएको हो । यो तयार गर्न लामो समय लागेको थियो । यसलाई तत्कालिन अवस्थामा www.opedpost.com मा पहिलो पटक प्रकाशित गरिएको थियो । यस विचारलाई मैले आफ्नै फेसबुक टाईमलाईनमा पनि राखेको थिए । मेरा पाल्पाली मित्र सतीश चापागाई (हाल अमेरिका) ले आफू आवद्ध www.thenepaltoday.com मा प्रकाशित गर्ने अनुमति माग्नु भएको थियो, मैले हुन्छ भने जसअनुसार १७ जुलाई २०१५ (२०७२ असार ३० गते) का दिन द नेपाल टुडे (The Nepal Today) को फेसबुक टाईमलाईनमा समेत प्रकाशित भयो ।

        साथै http://nepalhamroh.blogspot.com/2015/07/blog-post_99.html मा पनि यो विचार प्रकाशित भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद (केन्द्रीय समिति) मा उपमहासचिव र केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीमा हुँदा अभिव्यक्त उक्त विचार देश विदेशका विभिन्न दिग्गजहरुले समेत अध्ययन गरेको पाएको थिए । मूलुकमा व्याप्त "दाउपेचको राजनीतिक अवस्था"मा यो विचार कति कारगर बन्न सक्यो सकेन समयले बताउनेछ । वर्तमान समयमा पनि यो विचार उत्तिकै सान्दर्भिक लाग्दछ । निश्चय नै विचार कालजयी पनि हुन सक्दछ । तर यसको सान्दर्भिकता र गाम्भीर्यता बारे समाजले व्यापक छलफल भने अवश्य चलाउँदै जान आवश्यक छ । यही सकारात्मक चिन्तनका साथ उक्त शिर्षकमा लिपीवद्ध विचारलाई व्यक्तिगत ब्लग मार्फत सम्प्रेषण गरेको छु ।

----------------------------------------------

विनिर्माण पक्षधर हावी भएको नेपाली राजनीति 

टोप अस्लामी

१. मानव समाज राजनीतिबाट अछुतो रहन सक्तैन । समाजमा निर्माण, ध्वंश फेरि निर्माण, प्रगति उन्नति, समानता, अपनत्व र स्वामित्व जस्ता मानव चेतना र यस जगतका धेरै पक्ष राजनीतिसंग गाँसिएको हुन्छ । वास्तवमा मानव जगतभित्र राजनीतिले धेरै अर्थ राखेको हुन्छ । समस्त मानव र मानव स्वभाव, भौगोलिक परिधि लगायत सबै पक्षलाई राजनीति र त्यससंगै अन्योन्याश्रित विचारले नेतृत्व गरीरहेको हुन्छ ।

२. नेपालको सन्दर्भमा चिन्तनका हिसाबले विनिर्माणको पक्ष बलियो देखिन्छ । यहाँको राजनीतिक पक्ष बढी जसो विनिर्माण विधिबाट अगाडि बढ्न खोजेको मात्र होईन त्यसरी नै अगाडि बढ्ने प्रवृत्तिबाट निसृत देखिन्छ । यसले गर्दा मानिसहरुमा सामूहिक रुपमा यसपछि यो पक्षलाई सम्पन्न गर्ने भन्ने सन्दर्भमा व्यापक मतभिन्नता पाईन्छ । राज्य तहमा नै यसो हुनुले धेरै कुराहरु प्रतिविम्वित गर्दछ । जुन मतभेदले अन्ततः हाम्रा प्रगतिका मार्गहरु अवरुद्ध त हुन्छन् नै, त्यसका साथै हरेक पुस्ता जसले निर्माणवादी भएर कल्पन्छ र सोही सोंचलाई अगाडि बढाउन संघर्ष मै जीवन विताउनु पर्ने र निराशामा टुङ्गिनु पर्ने बाध्यता हुन्छ । यस्तो परिस्थितिले पछिल्लो पुस्तालाई प्रभाव पारीरहेको हुन्छ । तर पनि पछिल्लो पुस्ताले समाजमा व्याप्त अन्यायका विषयलाई ठम्याई फेरि संघर्षको विगुल फुक्नु पर्ने साथै तिनका महत्वपूर्ण जीवनका पर्यायहरु संघर्ष–मात्र संघर्ष हुँदै गुज्रने देखिन्छ । यहाँनिर निर्माण पक्ष सवल र सम्पन्न हुन नसक्नुमा यसलाई सामान्य भाषामा गृहकार्यको अभाव (परिस्थिति नपाकेको) भनेर टार्न त सकिएला तर समग्रमा भन्दा आत्मकेन्द्रित र निहित स्वार्थको सन्दर्भ यहाँनिर ज्यादा सान्दर्भिक हुन आउँछ । केही मानिसहरु विशेष गरी शक्तिका पूजारीहरु, शक्ति सामु पराधीनहरु र लम्पटहरु समेत र परम्परावादका हिमायतीहरुबाट विनिर्माणका कुण्ठित सन्दर्भलाई सार्थक तुल्याउन ज्यादा प्रयत्न जारी राखिएको पाईन्छ । समाज निर्माणको सन्दर्भमा यस्ता प्रवृत्तिहरु मानवभित्रका अक्षम्य कमजोरीका द्योतक हुन् । यस्ता कृयाकलापले केही व्यक्ति विशेष मात्र होईन सीमित गुट वा निश्चित समुदाय विशेष सम्वृद्ध त बन्ला, तर समाजको आमूल परिवर्तनको सपना कहिल्यै विधिवत र यथार्थ हुन सम्भव छैन ।

३. निश्यच पनि राजनीति भनेको मानव चिन्तनको उपज हो । अर्थात समय र परिस्थिति अनुसार मानव स्वयम् अनुबन्धित हुने स्थिति राजनीतिसंग सम्बन्धित छ भने राजनीतिकै कारण कतिपय समय र परिस्थिति निर्माण भएको हुन्छ । यसर्थ समाज र संसारलाई सन्तुलनमा राख्न मानिसद्वारा प्रतिपादित विचारका साथसाथै सही विधि र त्यसको अक्षरस पालना गर्नु अनिवार्य शर्त हुन आउँछ । यदि यसो हुन सकेन भने विचलन र वेथितिको परिस्थिति बन्नु स्वभाविक छ । यद्यपि यो यथार्थलाई बुद्ध दर्शनसंग पनि गाँसेर हेर्न सकिन्छ । अर्थात ठीकठीक चिन्तन, व्यवहार र विधि नै मानिसका लागि शान्ति र सुखका मार्ग हुन् । कुनै व्यक्ति, गुटका अनावश्यक महत्वाकाँक्षा र लोभ लालच हावी हुन थालेपछि समाज, संगठन, राज्य जताततै समस्या खडा हुन्छ । अर्थात बेठीक र बेढङ्गको प्रयासले परिणाम पनि बेठीक नै दिने गर्छ । मानव चिन्तनका विविध पक्ष जुन छ त्यस मध्ये संकीर्ण र अनावश्यक जबर्जस्त पक्ष हावी हुँदा त्यसले मानव समुदायमा नै समस्या खडा गरीरहेको यथार्थ हामी सबैले जाने बुझेकै कुरा हो । तथापि समस्या र समाधान भन्ने कुरा कतै अन्योन्याश्रित छ कि भन्ने त लाग्दछ तर पनि समस्या समस्या नै हो भने समाधान भनेको मानिसको उच्चाकाँक्षा (परिवर्तनका लागि चिन्तन र कार्य) लाई पुरा गर्न मार्ग प्रशस्त गर्ने माध्ययम/उपाय हो । मानव समाजमा मानिसको उत्पत्ति देखि नै समस्या र समाधान दुवै व्यहोरिदै आएको पाईन्छ । दर्शनले नै त्यस्ता विषयहरुलाई सन्तुलनमा राख्दै आएको हो । मानव चिन्तनबाट प्रतिपादित विचार र व्यवहारलाई दर्शन शास्त्रमा क्रमशः निर्माणवाद (Constructionism) र विनिर्माणवाद (Deconstructionism) भनेर आजका दिनमा व्याख्या र विश्लेषण गरिदै आएको छ ।

४. सरल परिभाषामा निर्माण भनेको समयनुसारको नयाँ विचार, वस्तुको रचना र त्यसलाई अवलम्बन गर्ने सही विधि साथै त्यसको सार्थक कार्यान्वयन भन्ने नै बुझिन्छ । अर्थात निर्माण भनेको समाजका आवश्यक्ता, आकाँक्षा र उद्देश्य समेतलाई परिपूर्ति गर्नका लागि मानिसद्वारा नै गरिदै जाने रचनात्मक साथै ठोस प्रकृया हो । समग्रमा यो बहुजनका हितमा, अल्पसंख्यकका न्यायका लागि साथै लामो समयसम्म उत्पीडन, दमन र अभावमा प्रताडितहरुलाई अगाडि बढाउन र उनीहरुलाई भुगोलको परिधिभित्र अपनत्व कायम गराउनका लागि अपनाईने रचनात्मक उपाय हो । यो प्रकृयालाई नीति र व्यवहारमा अपनाउन सक्ने अवस्था निर्माण गर्न सक्नुले नै सही चिन्तनको रचना र त्यसको उचित कार्यान्वयनको मानक स्थापित हुन्छ । यसका लागि समुदायमा शान्तिको सञ्चार गराउन, विधिमा मानिसहरु बाँधिन र अनुशासन कायम गराउन अत्यन्त आवश्यक छ । फलस्वरुप मानवले थप उपलब्धीका लागि सोंच्न र कृयाशिल हुन मार्ग प्रशस्त समेत हुंदछ । यहाँनिर मानिसका (खास गरी नेतृत्वकर्ताका) धैर्यता, दूर दृष्टि साथै नीतिमा अनुबन्ध कृयाशिलता जरुरी पक्ष हो । अर्कोतर्फ, परिस्थिति त नयाँ हो तर तत् परिस्थितिमा पनि कुण्ठायुक्त विविध बाधा अड्चन कायम गर्ने, घुमाईफिराई यथास्थिति कायम गर्न गरिने कुनै पनि एकाधिकारवादी र परम्परावादी गतिविधिहरु विनिर्माण पक्षधर हुन् । विनिर्माणका प्रकृयाहरु कर्ताका लागि पनि र निर्माण पक्षधरका लागि समेत स्वतः सकसपूर्ण छन् । यो किन पनि हो भने निहित स्वार्थ केन्द्रित विनिर्माणवादले समाजलाई केवल पुनरुत्थानमा लगेर टेकाउँदछ । हो यसले केही समय राज गर्न सक्दछ किनभने विनिर्माणका क्रुर अडानले मानिसहरु आजित हुने परिस्थिति खडा हुन्छ र अन्ततः खराब नै भए पनि त्यस्ता विनिर्माण पक्षलाई मौन समर्थन गरेको अवस्था केही समयका लागि कायम हुन सक्दछ तर दीर्घकालिन भने अवश्य हुदैन । किनभने मानव समाज भनेको आफैमा यथास्थितिको विरोधी हो । तत्कालिन बाध्यात्मक अवस्थाको विकल्प खोज्नु मानव चेतनाको स्वभाविकपना पनि हो । यद्यपि मानव समाजमा यिनै दुई चिन्तन र प्रवृत्ति (निर्माणवाद र विनिर्माणवाद) बीचमा सदा लडाई र संघर्ष भईरहनेछ । यो सन्दर्भ साना साना इकाईहरुसम्म प्रतिविम्बित हुन सक्दछ ।

एउटा संकीर्णताको प्रतिस्थापन्न अर्को संकीर्णता निर्माणवाद हुन सक्दैन । अर्थात एउटा एकाधिकारलाई निषेध गरेर स्थापित गरिने अर्को एकाधिकार निर्माण हुन सक्दैन । त्यो भनेको केवल विनिर्माणकै नयाँ निरन्तरता मात्र हो । यसरी स्थापित गरिने कथित निर्माण न त लोकतान्त्रिक हुन सम्भव छ न त आर्थिक सामाजिक पक्षबाट प्रगतिशिल नै । यसकारण निर्माण भन्ने वित्तिकै सबैको समान अपनत्व, राज्यमा स्वामित्व, समग्र विकास र सम्वृद्धिको मर्मलाई समेट्ने र स्थापित गर्दै अगाडि बढ्ने एकीकृत सोंच र सामूहिक प्रकृया हो ।

५. यद्यपि विनिर्माणवादलाई शक्तिशाली र शक्तिविहिन दुवै पक्षले अपनाउन सक्दछन् । शक्तिशालीहरुले आफ्नो विद्यमान शक्ति र छत्रछाँया समाजमा कायम राखीराख्न यस्तो विधि अपनाईरहन्छन् भने शक्तिविहिन न्यायका पक्षधरहरुले सामाजिक न्यायका लागि । त्यसैले विनिर्माणको सन्दर्भलाई केलाउँदा त्यसको उद्देश्य कहाँनिर गएर ठोक्किन्छ वा थिग्रिन्छ भन्ने सवाल महत्वपूर्ण हुन्छ । यसकारण संसारमा कुनै पनि कुरा निर्माण हो या विनिर्माण हो भन्ने बारेमा ठम्याउने र पछ्याउने सन्दर्भ मानिसको चेतनामा भर पर्ने कुरा हो । किनभने चेतनाले नै आवश्यक्ताको परिपूर्तिका लागि दिशानिर्देश गर्दै जाने हो । समग्रतामा बहुजनलाई राम्रो गर्ने पक्ष नै निर्माण मानिन सम्भव छ भने बहुजनको कमजोरीमाथि राज गर्ने सन्दर्भ विनिर्माण नै हो ।

६. विनिर्माणमा विश्वास गर्ने वा अडिन चाहनेहरु वा केवल एकाधिकार कायम गर्न चाहनेहरुले निर्माण रुपी चेतना र कृयाकलापका विपक्षमा हुनु अवश्यम्भावी छ । यस्ता कदम खासगरी सत्ताधारीहरुले सामाजिक न्ययायका पक्षधरहरुका विरोधमा चालेका हुन्छन् । अर्थात एकाधिकारका पक्षधरहरुले यो विधि अवलम्बन गर्न मनासिव छ । यस कदमलाई सार्थक तुल्याउन पुरातनवादीहरुबाट सत्ता, शक्ति, प्रलोभन, धम्की, वेवास्ता, गुटगत अफवाह जस्ता सबै खाले दमनकारी नीतिहरु अवलम्बन गरिएका हुन्छन् । सत्ताधारीहरुका यस्ता दमन तबसम्म कायम रहन सम्भव छ जबसम्म विभाजित मानसिकता, सीमित प्रलोभन, वेतुकको दम्भ, निर्वाहमुखी चिन्तन, अफवाहलाई पत्याई हाल्ने जस्ता कमजोरीबाट न्यायका पक्षधरहरु ग्रसित भईरहन्छन् । यहाँनिर सत्ताधारीहरुको आत्मकेन्द्रित सोंच र व्यवहारले पनि उत्तिकै काम गरीरहेको हुन्छ । फलतः विनिर्माणको पक्ष स्वतः बलियो वा दमनकारी भईरहन्छ ।

७. नेपालको राजनीतिक चिन्तन विनिर्माणवादी भयो भनेर प्रष्टै भन्न सकिन्छ । किनभने निर्माणका युगान्तकारी पक्षहरु जो सजिलै समेट्न सकिन्थ्यो त्यो असम्भव जस्तो तुल्याईएको छ । मूलुकमा समयसापेक्ष सृजनात्मकताहरु थपिदै जानु त कता हो कता परम्परावाद समेतलाई कुरुप बनाउने धारबाट हाम्रा राजनीति लरखरिदै छ । यो दुःख र असह्य विडम्बनाको पक्ष हो । नेपाली राजनीतिको यो पक्ष नेपाली जनताकै कारणबाट पनि सम्भव भईरहेको हो । यहाँनिर यथास्थितिवादीहरुबाट जनतामा भ्रम फैलाईरहन सफल भएको प्रति ध्यान केन्द्रित गर्नु जरुरी छ । आमूल परिवर्तनका पक्षधरहरुले जनतामा आम विश्वास दिलाउन नसक्नु पनि यसको कारक तत्वको रुपमा लिईनु पर्छ । यो पक्षलाई आमूल परिवर्तनकारीहरुको महाकमजोरीको रुपमा सम्बन्धित पक्षले आत्मसाथ गरिनु देश र जनताका पक्षमा छ । नेपालमा भौतिक पक्षबाट मात्र होईन मानसिक पक्षबाट हेर्दा पनि राज्य जनउत्तरदायी भएको समग्र उदाहरण पाउन हामीलाई हम्मे हम्मे पर्दछ । यदि राजनीति निर्माणवादी भईदिएर अगाडि बढेको छ भन्ने दावी गरिन्छ भने सबै जसो नेपालीहरुले अपनत्व र स्वामित्व महशुस गर्ने राज्य व्यवस्था किन बन्न सकेन त ? त्यस्तो राज्य संरचना बारे किन आम रुपमा ठोस चिन्तन बन्न सक्दैन त ? अर्थात नेपालको सन्दर्भमा त्यस्तो परिस्थिति निर्माण भएको दावी गरिन्छ भने पनि किन त्यो कायम भईरहन सकेन त ? नेपाली समाजको विकास, समानता, सम्बृद्धि र उन्नतिको मानकबाट हेर्ने हो भने यो सवाल अत्यन्तै भयानक र दर्दनाक पनि छ । किनभने देशको राजनीतिले राम्रो गर्छ है भन्नेमा अधिकाँश जनता विश्वस्त छैनन् । यदि यसो नहुँदो हो त आधा पेट खाएरै भए पनि स्वदेशमै अडिन सक्ने जनशक्तिहरु किन निर्माण भईरहेका छैनन ? जबर्जस्त कुनै एउटा व्यवस्था ल्याईएछ भने पनि त्यो व्यवस्थित किन हुन सक्दैन ? यस्तो अवस्थामा हामीले बुझ्नै पर्ने हुन्छ कि राजनीतिका नाममा विनिर्माण (फगत परिवर्तन) केवल ढोङ्ग हो । यसले विथोल्ने सिवाय केही नगर्दो रहेछ । अर्थात नेपालमा जतिपनि राजनीतिक परिवर्तन भए ती अपरिपक्व र अर्ध सावित गरियो । यसमा पविर्तनका पक्षधरहरुको महाभूल कायम छ भन्न हिच्किचाउनु हुँदैन साथै दूरदृष्टि र आमूल परिवर्तनको मानकबाट परिवर्तनकारीहरुले अथक प्रयास गर्न लागी हाल्नु पर्ने देखिन्छ । यहाँनिर पहिलेकै राजनीतिलाई फर्काउनु नै श्रेयष्कर छ भन्न खोजिएको अवश्य होईन ।

८. यदि नेपालको राजनीतिमा विनिर्माण हदै सम्म हावी नभएको भए यहाँका नयाँ पुस्तामा मूलुक निर्माणका अतृप्त भावना र पक्षहरु किन व्यवहारिक, उत्साहित र निरन्तर बन्न सकीरहेका छैनन् ? सक्नेले जे गरे पनि छुट हुदोरहेछ भन्ने यथार्थ त नयाँ पुस्ताले दिनको घाम जस्तै छर्लङ्ग देखी सकेका छन् । पुरानो व्यवस्था बारेमा सुनेका भरमा विश्वास गरेका नयाँ पुस्ताले नयाँ व्यवस्थामा त यथार्थ प्रष्ट भोग्न बाध्य छन् । यसले गर्दा भावनात्मक र काल्पनिक कुराका पक्षमा लागी धैर्यता कायम गर्न भन्दा अमूल्य जीवनको सार्थकताका लागि नयाँ पुस्ता अवसरको खोजीमा तितरवितर भईरहने प्रकृया रोकिदो छैन । विनिर्माणले हद नाघेको अवस्था हो यो भनेको । यसका सौन्दर्यका अलीकति पनि भाग बाँकी छैनन् भन्ने नै हो यो अवस्था देखिनु भनेको ।

९. प्रकृतिमा रहने, यहाँका चेतनशिल प्राणीबाट सोचिने, गरिने सबै खालका विषयवस्तुहरुमा सौन्दर्य कायम हुन्छ । त्यसरी नै निर्माण र विनिर्माण दुवैमा एक खालको सौन्दर्य त अवश्य हुन्छ नै । निर्माणवादी सोंच र त्यसबाट निसृत कृयाकलापहरुमा खोट भएको अनुभूति मानिसहरुलाई भईदियो र त्यो नै सत्य हो भन्ने लाग्यो भने मानिसहरु विनिर्माण (निष्कृयता) को बाटोमा पनि अवश्य लाग्दछन् । यो अवस्था चरम निराशा र पलायनको अवस्था हुन सक्दछ । यो सन्दर्भ दीगो भईरहने भन्दा पनि निर्माण पक्षका कमजोरीको विरुद्धमा प्रहार गर्न गतिशिल र कायम भएमा त्यस्तो कदम निर्माणवादी मान्नु राम्रो हुन्छ । तर मानव समाज विनिर्माणको सौन्दर्य÷आकर्षणमा तत्कालै गले जस्तो र अली बढी अल्झिएको पाईएको छ । खासगरी अली कमसल खालको विनिर्माणवादी सोंचबाट अभिप्रेरित भई ल्याईने अफवाहहरुबाट मानिसहरु बढी रोमान्चित भएको पाईन्छ । तर जब त्यही विनिर्माणका परिणाम स्वरुप अफवाहरुपी रोमाञ्चकताबाट जब मानिसहरु गल्दछन् तब बल्ल निर्माणका पक्षमा वकालत गर्न वा एकीकृत हुन थाल्दछन् । अर्थात तत्कालिन विनिर्माणवादी प्रवृत्तिलाई परास्त गर्न झन कडा विनिर्माणमा पनि मानिसहरु लालायित हुन सक्दछन् । तथापि त्यस खालको कडा विनिर्माणवादी सोंचको थिग्रिने धरातल भनेकै अन्ततः सम्झौता हुन पुग्दछ जो निर्माणवादी हो । नेपालको सन्दर्भमा प्रजातान्त्रिक आन्दोलनको परिप्रेक्ष्यलाई मात्र आकलन गर्ने हो भने नेपाली काँग्रेस नेतृत्वको २००७ सालको परिवर्तन, २०४६ सालको परिवर्तन यसका केही उदाहरण हुन् । पछिल्लो चरणमा तत्कालिन नेकपा माओवादी आन्दोलनलाई यसरी लिन सकिन्छ । तराई केन्द्रित राजनीतिक दलका मधेशी आन्दोलन, आदिवासी जनजाति लगायतका कतिपय सामाजिक आन्दोलन पछिका केही परिणामहरु पनि यसका ज्वलन्त उदाहरण हुन सक्छन् । कतिपय राजनीतिक दलहरुका उतारचढावहरुलाई पनि हामीले गम्न सक्तछौं । आम मानिसको मानसपटलमा रहेको माओवादी आन्दोलन जो कडा विनिर्माणवादी र ध्वंशात्मक थियो, त्यसपछिको अवस्था अवश्य पनि निर्माणवादी हुन्छ भन्ने जनविश्वास पलाएको थियो । तर, फेरि पनि विनिर्माण (सत्ता केन्द्रित चिन्तनबाट ग्रसित र एकाङ्कीपन वा आडम्बर) र यथास्थितिवादले परिवर्तनका धारिलोपनामा खिया लाग्दै गएको देखिन्छ । हो, यो खालको विनिर्माण सुसुप्त देखिन्छ तर यससंगै परिवर्तनका पक्षधरहरुमा असन्तोष बाक्लिदो छ । यहाँ सम्म आईपुग्दा कतिपय यथार्थ भ्रमहरु बारे व्यवहारिक रुपमा जानकारी पाउने यथेष्ट अवसर नेपालीहरुका लागि प्रयाप्त बन्दै गएको त छ, तर परिवर्तनको आवरणमा अझै पश्चगामी र एकाधिकारवादी शासन सत्ता कायम हुने प्रवल सम्भावना पनि त्यत्तिकै बलियो बन्दै गएको छ । यस बीचमा पार्टीहरुको फुट, परिवर्तनकारीहरुको विभाजित एवं संकीर्ण मानसिकता, सकारात्मक शाहस नहुनु, तिनीहरुमा सुसुप्त रुपमा व्याप्त वेतुकका आडम्बर, निर्वाहमुखी लालच, क्षणिक वाहवाहीबाट भ्रममा पर्ने व्यक्तिवादी र दलाली चिन्तन र व्यवहार, कर्म भन्दा फलको आस गर्ने परजिवी मानसिकता, कथित खोक्रो आश्वासनमा रोमाञ्चित हुने मनोविज्ञान, परिस्थितिको सामूहिक विश्लेषण र आकलनको अभाव जस्ता पक्षहरु ज्यादै ज्वलन्त रुपमा आत्मसाथ गरिनु पर्ने यथार्थहरु हुन् |

१०. वास्तवमा राजनीति भनेको रचनात्मक निर्माण नै हो । यतिबेला नेपाली समाजमा विनिर्माणका सौन्दर्यहरु लगभग समाप्त भईसकेका छन् । २०७२ बैशाख १२ को भुकम्पका कारण त्यस्ता कुरुप सौन्दर्यहरुका खिलाफमा जनता सोझै उत्रन सक्ने परिस्थिति नभए पनि निर्माणवादी चिन्तन कार्यान्वयन भए त हुन्थ्यो भन्ने शुभचिन्ताको आकुलव्याकुलता मानिसहरुका मनमा झाङ्गिदै गएको छ । यो पक्ष भनेको देशप्रति नयाँ पुस्ताका सकारात्मक सोंच हुन् । समग्रमा भन्दा समाजमा व्याप्त सकारात्मक सोंच हो यो । तर यसको नेतृत्व गर्ने कसले हो त ? देश र जनताका पक्षमा प्रताडित यी भावनाहरु कहाँनिरबाट सम्बोधन हुन सक्तछ त ? यो गम्भीर र यथार्थ अनि ज्वलन्त सवाल हो देश र जनताको कोेणबाट ।

११. यहाँनिर दुई ओटा उपायहरु छन् भन्ने लाग्दछ । पहिलो हो, निर्माणवादी पक्षधरहरुले सबै मानवीय कमजोरीहरु आत्मसाथ गरी राजनीतिक रुपमा साथै भावनात्मक रुपमा अविलम्ब एक ठाउँमा आईहाल्नु र समान रुपमा कृयाशिल हुनु । यसमा विरासत कायम गरेका राजनीतिक दलहरुले कमजोरी सच्याएरै भए पनि अगुवाई गर्दा ज्यादै राम्रो हुनेछ । परिवर्तन पक्षधरहरुको अघोषित नै सही छिटो भन्दा छिटो सके एउटै राजनीतिक दल बन्नु, नभए देश र जनता प्रति प्रतिबद्ध मोर्चा बन्नु (प्राविधिक कमजोरी सच्चिने स्थिति छैन भने अविलम्ब कार्यकगत एकता गरी इमान्दारिताका साथ कृयाशिल भईहाल्नु) जरुरी देखिन्छ अर्थात नयाँ नेपाल निर्माणका लागि यस्ता चिन्तन र चेतनाबाट दीक्षित भई आएकाहरुको सामूहिक प्रयास जरुरी छ जो दीगो हुन सम्भव छ । अर्थात निर्माणवादी चेतना र चिन्तनबाट दीक्षितहरुले भोलीको राष्ट्रिय सम्वृद्धिलाई ध्यानमा राखी जति सकिन्छ खुलेर एकीकृत योगदान गर्न पछि हट्नु हुँदैन । यसरी सामूहिकतामा आधारित भएर गरिने कार्यले उद्देश्यलाई केन्द्रमा राख्न भुल्नु हुँदैन । यस्ता अभियानलाई सार्थक बनाउन आत्मकेन्द्रित कुनै पनि पक्षलाई हावी हुन दिनु हुँदैन । मान्छे न हो भन्ने कोणबाट कमीकमजोरीलाई हावी हुन दिनु हुँदैन । यस्ता शक्तिहरुको एकात्मकता र निरन्तरको खटाईका कारण जुन विधि र थिती बस्नेछ त्यसले सबैमा आशाको सञ्चार गराउनेछ । यो अभियानले सके उही पुस्तालाई नसके अर्को पुस्तालाई विधिमाथि विश्वास जाग्न समय लाग्ने छैन । र, मूलुकले सही गति लिन सक्दछ ।

१२. दोश्रो हो, एकल शक्तिशाली नेतृत्व स्थापित गर्नु जो निर्माणवादी छ । निर्माणवादीहरुको सामूहिक प्रयास हुन नसक्ने अवस्थामा पनि कोही न कोही त अग्रसर हुनै पर्छ । त्यसका लागि निर्माणवादी (विचार, व्यवहार सही भएको/राजनेतामा हुनु पर्ने गुण भएको चलायमान व्यक्तित्व) एकल व्यक्तित्व भए पनि यो वेथिति फ्याक्न कस्सिनै पर्ने हुन्छ र निःस्वार्थ भावनाबाट प्रेरित त्यस्तो व्यक्तित्व सम्बन्ध, नेतृत्वकारी गुण आदि सबै हिसावले ठीक र निर्माणवादी (तुलनात्मक रुपमा कम स्वार्थी) हुन जरुरी छ । यहाँनिर परिवर्तनकामीहरुले नै निःस्वार्थ नेतृत्व निर्माण गर्न योगदान गर्न पनि सक्नेछन् । यदि यसो पनि हुन सकेन भने समाजको यसै कमजोरीलाई आधार बनाई अशान्तिवादी धारले टाउको उठाउन सक्दछ जसले निर्माणवादको पगरी गुथ्दै विनिर्माणको अवस्था सृजना गर्नेछ । यसको नेतृत्व परम्परावादी वा कथित परिवर्तन पक्षधर जसले पनि लिन सक्नेछ । जो फेरि पनि समाजका लागि बाध्यात्मक हुनेछ र त्यसले समाजमा भ्रम र त्रास व्यापक कायम गराउनेछ । जसको यथार्थ हुनेछ, नेपाली जगतले कल्पना गरेको राज्यसत्ता कहिल्यै निर्माण नभई सधै निर्वाहमुखी अवस्थाबाट नेपाली समाज गुज्रनु पर्नेछ । र, नयाँ आवरणमा परम्परावाद र यथास्थितिवाद जहिले बलियो रुपमै रहनेछ । नेपालको वर्तमान अवस्था यही “पेरीफेरि” नजिक घुमीरहेको छ । जसको यथार्थ हुनेछ, नेपाली जगत (परिवर्तनकामीहरु) ले कल्पना गरेको राज्यसत्ता कहिल्यै निर्माण नभई सधैं निर्वाहमुखी अवस्थाबाट नेपाली समाज गुज्रनु पर्नेछ । वास्तवमा देश अविरल द्वन्दमा फस्ने यस्तो अवस्था सृजना भएमा को जिम्मेवार हुने हो ? अब सवाल राख्न चाहन्छु – न्यायका पक्षधरहरुले, परिवर्तनकामीहरुले कस्तो चिन्तन र व्यवहार अनि कृयाशिलता अवलम्बन गर्ने हो ? अली गम्भीरताका साथ सबैले सोचौं । 👊🙏 

(नेपालको सन्दर्भमा प्रस्फटन गरिएको यो विचार संसारका अरु मूलुकमा पनि सान्दर्भिक हुन सक्तछ ।)

(Butwal, 10 Aug, 2020, Sunday, I Uploaded in my blog) 

Wednesday, July 29, 2020

बेलाको बोली (इतिहास) - K.Suryavanshi in an interview.


    राष्टि्य जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी प्रदेश र प्रतिनिधि सभा निर्वाचनकाे सन्दर्भमा ''राष्टि्य प्रचार महाअभियान'काे प्रमुखकाे रूपमा देश दाैडाहा गर्ने क्रममा झापा पुगेको अवस्थामा मोफसलको चर्चित टेलिभिजन - सूर्याेदय टेलिभिजन मार्फत समसामयिक सन्दर्भमा जनतालाई राष्ट्रिय जनमुक्ति पार्टीका योजनाहरु बताउने अवसर जुरयो । सो अवसरमा सूर्याेदय टेलिभिजनका खरो वार्ताकार टीकाराम नेती नेपालले अन्तरवार्ता लिनु भएको थियो (मिति २०७४ मंसिर १३ गते बुधबार बिहान) । यो टेलिभिजन अन्तरवार्ता राष्ट्रिय जनमुक्ति पार्टीको जीवनकालमा ऐतिहासिक र ठोस अन्तरवार्ता हो । राष्ट्रिय जनमुक्ति पार्टीको जीवनमा जोडिएका सबै नेता कार्यकर्ताहरुले मात्र होईन नेपालको असली परिवर्तनको जग बसालेर भ्रष्टाचारमुक्त समृद्ध देश बनाउन चाहने परिवर्तनका पक्षधर हरेक नेपालीले यो अन्तरवार्तालाई पटक पटक सुन्न र मनन गर्न जरुरी छ । यसै मर्मलाई केन्द्रमा राखी यो अन्तरवार्ता भिडियोलाई व्यक्तिगत ब्लगमा समेत राखेको सहर्ष जानकारी गराउन चाहन्छु । सबै महानुभावहरुको रचनात्मक प्रतिकृया हाम्रा लागि देश निर्माणको थप इटा सरह स्वीकार्य हुनेछ । धन्यवाद ।

Tuesday, July 28, 2020

कविता (रिलिङ्ग - Poem)

    
    माजको आमूल परिवर्तनका लागि आज भन्दा बीस वर्ष अगाडि मोफसल (बुटवल, रुपन्देही) बाट प्रकाशित हुने "नयाँ राज्यसत्ता साप्ताहिक" पत्रिकासंग जोडिने अवसरसंगै मेरा अनन्य मित्र मेजन पुनसंग भेट्ने र संगै कलम चलाउने शौभाग्य प्राप्त भएको थियो । तत्कालिन अवस्थामा प्रस्तावित मेनोको मिडिया प्रा.लि.को परिकल्पनामा नयाँ राज्यसत्ता साप्ताहिक फरक, यथार्थपरक र सही राजनीतिक/सामाजिक विश्लेषणात्मक विचार सहित प्रकाशित भएको थियो । परिवर्तनकामी समकालिन युवाहरुको योगदान, सहकार्य र सकृय जुझारुपनको प्रतिफल थियो नयाँ राज्यसत्ता साप्ताहिक । आदरणीय व्यक्तित्वहरु केशव सूर्यवंशी, अशोक पुन, सुरेन्द्र थापा, स्व.देव ब.पाटा, यम ब.झेंडी, जेबी पुन, सूर्य कुमार सारु, हरिदेव थापा, गंगा खासु, बिके राना, ईन्द्र थापा, एकु दर्लामी, दुर्गा बुढाथोकी, हरि पुन आदि नयाँ राज्यसत्ता साप्ताहिक पत्रिका प्रकाशन, वितरण लगायतका व्यवस्थापन अभियानमा सम्झिने महानुभावहरु हुनुहुन्छ । अरु कैयन शुभचिन्तक महानुभाव ज्यूहरु, सहकर्मी मित्रहरु नयाँ राज्यसत्ता साप्ताहिक पत्रिकासंग जोडिनु भएको थियो । यस पत्रिकाको सहप्रकाशन "राज्यसत्ता द्वैमासिक" पनि थियो ।
    प्रस्तावित मेनोको मिडिया प्रा.लि.ले प्रकाशनका विभिन्न आयामहरु आफ्नो खातामा राख्ने र समाजमा आवश्यक परिवर्तनका जिम्मेवारीहरु समेत पुरा गर्ने सोंच र उद्देश्य अनुसार पहिलो किताबी कोशेलीको रुपमा मित्र मेजन पुन (तत्कालिन राज्यसत्ता टीममा प्रबन्धक) र मेरो सहकार्यको रुपमा "भावना कविता संग्रह" प्रकाशन गर्ने पुनित कार्य सम्पन्न गरेको थियो वि.सं.२०५७ मा । कवि मेजन र असीमको "भावना" कविता संग्रहमा साहित्यिक व्यक्तित्व राजन मुकारुङ्गले "लागेका कुरा ...." शिर्षकमा भूमिका लेखी दिनु भएको थियो । प्रस्तावित मेनोको मिडिया प्रा.लि.का अध्यक्ष अशोक पुनले प्रकाशकीय भनाई, प्रकाशनमा सहयोग गर्ने राजु पुनले प्रकाशकको भनाई व्यक्त गर्नु भएको छ । मित्र मेजन पुनको २५ र मेरो १७ गरी कूल ४२ ओटा कविताहरुको संकलनको रुपमा हामी दुईको "भावना कविता संग्रह" विमोचन कार्यक्रममा साहित्यिक/राजनीतिक विश्लेषकहरु क्रमशः दिल साहनी र गिरी थापा ज्यूले समालोचना गरीदिुन भएको थियो ।
    हामी दुई "मेजन र असीम"को "भावना कविता संग्रह (संयुक्त प्रयास)" मा अटेको "भाले बास्यो उज्यालो भईसक्यो" भन्ने शिर्षकको कविता मेरो ब्लगको साहित्यिक कोठामा स्क्यानिङ्ग गरेर राखेको छु । 
 
    वर्तमानको सन्दर्भमा पनि "भावना कविता संग्रह" भित्र अटाएका कविताहरुका भावहरु उत्तिकै सान्दर्भिकता महशुस हुन्छ । समय समयमा अरु कविताहरु पनि यस डिजिटल दुनियामा पस्कने जमर्को रहने नै छ । आम महानुभावज्यूहरु जसले यस ब्लगमा प्रवेश गर्नुहुनेछ यो समसामयिक कविता "भाले बास्यो उज्यालो भईसक्यो" मा एकपटक अवश्य नजर लगाउन र यसका भावना उपर सृजनात्मक टिप्पणी समेत गरीदिुनु हुनेछ भन्ने आशा र विश्वास गरेको छु । धन्यवाद । ☺☺☺✺❇✺

Monday, July 27, 2020

Best Wishes

हार्दिक बधाई तथा मंगलमय शुभकामना
   २०६८ चैत १० गते राष्ट्रिय जनमुक्ति पार्टीले तत्कालिन श्रम तथा यातायात व्यवस्था मन्त्रालय नेतृत्व गर्ने अवसर पायो । पार्टीका संस्थापक अध्यक्ष एमएस थापा ज्यूलाई पार्टीले जिम्मेवारी सुम्पियो । म श्रद्धेय संस्थापक अध्यक्ष (तत्कालिन श्रम तथा यातायात व्यवस्था मन्त्री) ज्यूको लागि पार्टीको तर्फबाट सहयोगी र सल्लाहकारको रुपमा संगै थिए । त्यतिबेला सो मन्त्रालय अन्तर्गत श्रम, वैदेशिक रोजगार र यातायात विभाग थिए । त्यस मध्ये श्रम विभागको नेतृत्वमा तत्कालिन सहसचिव मान बहादुर बिकले जिम्मेवारी वहन गरीरहनु भएको रहेछ । उहाँले हामीसंग गृह मन्त्रालयमा सरुवा हुने चाहना भएको बताउनु भएको थियो । हामीले पनि उहाँको चाहनालाई चासोमा राखेका थियौं । समयक्रममा उहाँले गृह मन्त्रालयमा सरुवा हुने अवसर जुरे संगै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आफ्नो क्षमतालाई सदुपयोग गर्ने अवसर पनि जुरयो भनौं । हामीले उहाँको स्थानीय तहको नेतृत्वलाई फलदायी बनाउन स्थानीय तहका साथीहरुलाई सहकार्य गर्न पनि भनेका थियौं । अहिले देशको सचिव पदमा बढुवा भएसंगै विभिन्न समाचार माध्यममा चर्चाको केन्द्र बन्न सफल डा.मान बहादुर बिकलाई प्रदेश ५ को संसद सचिवालयमा कार्यरत भएको बेला औपचारिक भेट्न समय अनुकूल भएन । डा. मान बहादुर बिक (हाल बागमती प्रदेश प्रमुख सचिव) संग व्यक्तिगत रुपमा अन्तरङ्ग कुराकानी गर्ने इच्छा अपुरो रहयो ।
अनलाईन खबर (https://www.onlinekhabar.com/2020/07/884797मा विश्वास खड्काथोकीले गरेको रिपोर्टिङ्ग (२०७७ साउन ११ गते २०ः४९ बजे प्रकाशित) मार्फत थोरै भए पनि उहाँ बारे जान्ने अवसर प्राप्त भयो ।
   देशको अमूल्य सम्पत्ति र शक्तिको रुपमा रहेको जातीय विविधता र विशिष्टताको अवमूल्यन भई आएको नेपाली राज्यसत्ता र व्यवस्थाको आमूल परिवर्तनका लागि लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गरी आन्दोलित भई निरन्तर संघर्षमा जोडिईरहेको र बहुजातीय लोकतान्त्रिक समाजवादका लागि संघर्षशिल रहीरहदा मलाई यतिबेला उहाँको संघर्ष र सफलता बारे जान्न सुन्न पाउँदा कहीं न कहीं खुशी मडारिईरहेको छ । हाललाई यत्ति भन्न चाहन्छु हार्दिक बधाई छ डा.मान बहादुर बिक ज्यूलाई । प्रेशरमा काम गर्न चाहने तपाईको अन्तरमनको चाहना पुरा होस्, सफल कार्यकालको लागि मंगलमय शुभकामना छ ।

Wednesday, July 22, 2020

(बाल प्रतिभा विद्यालय अध्ययन समयमा) By Armeet Aslami



गीत शिर्षक : हजारौं फूल फुलाउने ...
(कृपया एकपटक सुनेर हौसला प्रदान गर्नुहोला)

YouTube Links : 
St.Capitanio School's Anthem - Hajarau Phool Phulaune (Final)
Or
St.Capitanio School's Anthem - Hajarau Phool Phulaune

(विचार/दर्शन) दल / पार्टी; लक्ष्य र उद्देश्य प्राप्ति बारे

दल / पार्टीलक्ष्य र उद्देश्य प्राप्ति बारे

टोप अस्लामी
महासचिव (केन्द्रीय संगठन विभाग प्रमुख)
    पार्टी अर्थात दल वा राजनीतिक संगठन आफैमा एउटा परिवार हो । यो एउटा समाज पनि हो । यो एउटा  पद्दति, संस्कार र सभ्यता पनि हो । यसरी परिवारसमाजपद्दति, संस्कार र सभ्यता समेतको बृहद जिम्मेवारी वहन गर्ने दायित्व रहने पार्टीले आमूल परिवर्तनको आकाँक्षा सहितको लक्ष्य, उद्देश्य राखेको हुन्छ अर्थात विद्यमान सबै खालका आचार विचार, संस्कारमा परिवर्तन चाहेको हुन्छ । यो चाहना, मात्र चाहना होईन  यो त तत्कालिन समाजको विकास र सम्वृद्धिका लागि अपरिहार्य आवश्यक्ता हो । समकालिन समाजमा जे जस्ता कमीकमजोरीका कारण मानव जगतको विकास र सम्वृद्धिमा अवरोध भईरहेको छ त्यसलाई प्रतिस्थापन्न गर्न नयाँ पद्दति, संस्कार र सभ्यता स्थापित गर्ने संघर्षको फेहरिस्त (बहुआयामिक पक्ष) पार्टीले आत्मसाथ गरेको हुन्छ । अर्थात पार्टीले त्यसरी विचार पुरयाउन सकीरहेको छैन भने परिवर्तनको आकाँक्षा, लक्ष्यउद्देश्य बोकेको स्वयम् एउटा पात्र (दल) मा पनि कमीकमजोरी कायम छ भन्ने बुझ्नु पर्दछ । परिवर्तनका असली आकाँक्षीहरुले त्यस्तो कमजोरीलाई तत्काल आत्मसाथ गरी पार्टीमा आवश्यक पद्दति र संस्कारको कडाईका साथ पालना गर्न/गराउन जरुरी छ ।
       यद्यपि यस्ता आवश्यक्ता (समाज परिवर्तनका आयाम) लाई मानिसहरुले बुझ्ने विभिन्न तरिकाहरु हुन सक्दछ तर अपरिहार्य आवश्यक्ताको मर्मलाई केन्द्रमा राख्न/रखाउन सकिएन भने पनि त्यसका लागि गरिने हरेक प्रयासहरु केवल औपचारिकतामा सीमित हुन पुग्दछ । हरेक गतिविधिका अन्त्यमा आउने परिणाम आकलन गर्दा त्यसमा शेष भाग केही पनि भेटाउन सकिएन भने ती गतिविधिका मूल्य मान्यता केवल औपचारिकतामा सीमित हुन पुग्दछ या त्यो गतिविधि केवल आत्मरतिमा सीमित हुन पुग्दछ अर्थात सही मूल्य मान्यता राखेर गरिएका गतिविधिलाई केवल आत्मरतिमा बदल्ने दुस्प्रयासहरु आन्तरिक रुपमा पनि हुन सक्दछ । यस्तो अवस्थामा पुनः बुझ्नु पर्ने हुन्छ कि त्यहाँ समग्रमा सम्बन्धित दलको पद्दति र संस्कार प्रति उदासिनता बलियो छ ।
        हामी परिवर्तनका आकाँक्षी हौं, परिवर्तन तत्कालिन समाजको आवश्यक्ता हो भन्ने कुरामा सहमत छौं, त्यसका लागि निक्र्योल गरिएका गतिविधिमा पनि सहमत छौं, परिणाममा नैराश्यताको मात्र हिसाबकिताब हुन्छ भने तत्कालिन अवस्थामा तय गरिएका उपायहरु सम्बन्धमा कि त समग्रमा बुझाईको समस्या छ या त उदासिनता र पूर्वाग्रहका मानवीय कमजोरी यथावत छ भन्ने बुझ्नु पर्दछ । त्यस सम्बन्धमा थप छलफलको आवश्यक्ता हो या के हो भन्ने बारेमा गहिरो गरी बुझ्ने र समस्या (आवश्यक्ता/अवसर) को अविलम्ब आत्मसाथ गर्ने प्रयास बेलैमा गरिनु सबैका लागि उचित उपाय हुन सक्दछ ।
        माथि उद्धृत छलफलका विषयहरुको आधार भनेको दलीय आवरणमा अभिव्यक्त ठोेस सोंच सहितको विचार र त्यसको अभीलेखीकरणको ज्ञान हुनु/राख्नु हो । सामूहिकीकरण भएको विचारले समाज परिवर्तनको दिशाबारे स्पष्ट धारणा बताईरहेको हुन्छ । त्यसले परिवर्तनको लागि प्रतिबद्ध रहेका र परिवर्तनका पक्षधरहरुलाई समाज परिवर्तनको अवधारणा र उद्देश्य साथै कार्यपद्दति समेत स्पष्ट गरीरहेको हुन्छ । अर्थात त्यसरी स्पष्ट गरेको अवधारणा, उद्देश्य र कार्यपद्दतिको कार्यान्वयनका लागि घच्घचाईरहेको हुन्छ । त्यो घच्घचाहटको महशुस परिवर्तनको लागि प्रतिबद्ध रहेका र परिवर्तनका पक्षधरहरुलाई भईरहेको छ या छैन ?, यदि महशुस नै भएको छ भने पनि त्यतातिर ध्यान केन्द्रित भएको छ कि छैन ?, यदि ध्यान केन्द्रित भईरहेको छ भने त्यो केवल वैयक्तिक चिन्तामा मात्र सीमित छ कि यहाँनिर केही योगदान गर्नु पर्दछ भन्ने कुराले थप घच्घचाईरहेको छ या छैन ? भन्ने जस्ता आन्तरिक उथलपुथल/मनोविज्ञान/ईच्छाशक्तिका पक्षहरु परिवर्तनकामीहरुमा कुन मापदण्डमा सीमित छन् त्यसले नै समग्र परिवर्तनका लागि गरिनु पर्ने, हुनु पर्ने कर्तव्य र जिम्मेवारी तब मात्र महशुस हुन पुग्दछ । त्यो पनि आँशिक र अल्पकालिन या पूर्णकालिन भन्ने कुराले परिवर्तनको आकाँक्षाको परिपूर्तिको स्तर र प्रगति तय हुँदै जाने हो ।
        अब यहाँनिर परिवर्तनको मुद्दामा आवद्धहरुले के विचार पुरयाउन जरुरी छ भने आफ्ना कतिपय "हठ" स्वयम्मा पनि बाधक भईरहेको हुन सक्दछ त्यसलाई विना हिच्किचाहट बेलैमा गौण बनाउन/त्याग्न सक्नै पर्दछ । कतिपय अवस्थामा मानवीय (व्यक्तिगत) आवश्यक्ताका कैयन पक्षलाई समेत गौण सावित गर्न सक्नु पर्दछ । परम्परागत रुपमा आत्मसाथ गरी आएको पक्षलाई पनि हिंजोकै अवस्थाबाट बचाएर लैजान्छु भन्ने कुरा "हठ"को रुपमा रहीरहन्छ भने त्यसले निश्चय नै विचारमा विचलन ल्याउन सम्भव छ । विचारमा विचलन आउनु भनेकै विगतदेखिको परिवर्तन विरोधी आयामहरुलाई छोड्न नसक्नु हो अर्थात नयाँ परिस्थितिमा नयाँ ढङ्गले आफूलाई उभ्याएको भ्रममा रुमल्लिनु मात्र हो । विगतदेखिकै आयाम या "नानीदेखि लागेको बानी"लाई यथावत राखेर परिवर्तनको विशाल अभियानलाई निर्णायक बनाउन सकिदैन । यस्तो परिस्थितिलाई यथावत राखेर परिवर्तनको विशाल आयामलाई नेतृत्व गर्न सक्छु या सकिन्छ भनेर उत्साहित हुनु केवल कोरा कल्पनामा रोमाञ्चित हुनु सरह नै हो जो पटक्कै व्यवहारिक र परिवर्तनका पक्षधर (समाज) ले चाहे जस्तो कहिल्यै हुन सक्दैन ।
        कोही व्यक्ति यस्तो भ्रमबाट निशृत भई परिवर्तनको मुद्दामा आवद्धता जनाएको छ, कृयाशिलतालाई अहम्ताको खातामा राखेर हिंडीरहेको छ र सभ्यता परिवर्तनको लडाईमा त्यस्तो प्रवृत्ति हावी छ भने त्यहाँनिर भयङ्कर धोखा भईरहेको छ भन्ने सबैले आत्मसाथ गर्नु पर्दछ । यस प्रकार कृयाशिलतामा भ्रम छन् कि ? यदि छैनन् भने सही ।  तिनका असली र आवश्यकीय आकार बनाउनका लागि गाल्ने आरन ठीक छ कि छैन ? छैन भने त्यसलाई नै पहिले ठीक गर्ने आम सोंच बन्छ कि बन्दैन ? त्यस्ता आरनमा गालिन व्यक्तिहरु तयार छन् कि छैनन् आमूल परिवर्तनको महान जिम्मेवारी बोकेका राजनीतिक दलका हरेक नेता तथा कार्यकर्ताहरुले यो यथार्थ बुझ्ने र आत्मसाथ गर्नै पर्ने बाध्यात्मक आवश्यक्ता हो ।
    , आवश्यक्ता र चाहनालाई सम्बोधन र परिपूर्ति गर्न सक्दछ । अन्यथा समाजको परिवर्तनको आकाँक्षा, आवश्यक्ता र चाहनामा खेलवाड गर्ने प्रवृत्ति नयाँनयाँ आवरणमा जन्मिने र समाजलाई भ्रममा राख्दै परिवर्तनको पगरी गुथ्नेहरुको फेहरिस्त हरेक नयाँ पुस्ताले व्यहोर्दै जानु पर्ने हुन्छ । परम्परावादीसम्झौतावादीयथास्थितिवादी रवैया कायम गरेरै अगाडि बढीरहेको भ्रमलाई निरन्तरता दिईरहदा असली परिवर्तनका पक्षधरहरुले बुझ्ने र आत्मसाथ गर्नै पर्ने कुरा के हो भने "के अबको नेपाली समाज यस्तो यथार्थतालाई सहेर बस्ने छ त ?" (क्रमश  ..... )

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...