विरामीलाई आवश्यक अक्सिजन अभावका बारेमा गम्भीर चिन्ता र चासो कायम राख्दै यसको राष्ट्रिय व्यवस्थापनको जिम्मेवारी वहन गर्ने सरकार सम्बन्धमा पनि बोल्नु पर्ने अवस्था छ । २०७८ बैशाख २७ गते नेपालको राजनीतिमा केपी ओली नेतृत्वको नेकपाको दुई तिहाई बहुमतको सरकार अल्पमतमा परयो । यो स्थिति सृजना हुँदा सम्म धेरै परिघटनाहरु देशले देख्यो, बेहोरयो । सामाजिक संजालमा राखिएका मेरा केही दृष्टिकोणहरुलाई एककठठा गरी यहाँ पुनः प्रस्तुत गरेको छु ।
१. Top Aslami Magar is
feeling confident.
Published by Aslami Top
नेपालकाे राजनीतिमा आज (२०७८ बैशाख २७ गते) बेइमानीकाे अर्को हर्कत प्रहशन हुने देखिन्छ । यदि त्यसाे भएमा लाेकतन्त्र र जनमतको मर्ममा थप प्रहार हुनेछ । जनताले सही विकल्प बारे उचित छलफल र एकताका लागि जुर्मुराउन आव्हान गर्दछु ।
२. Top Aslami Magar is
feeling challenged.
Published by Aslami Top
आफ्नै दलकाे एकमना केपी ओली सरकार (अहंकार-त्रास-मिथ्या कल्पनाकाे सम्मिश्रण) लाई ढाल्न "असन्तुष्टीकाे उत्कर्ष रूप" देखाएका माधव नेपाल-झलनाथ खनाल र उहाँका सारथीहरूले अब देशलाई नयाँ सरकार दिने कार्यमा पहलकद्मी लिन्छन् या थप अन्याेल कायम गर्न उद्यत हुन्छन् त्याे हेर्न बाँकी छ । बैशाख २७ (१० मे, २०२१) सम्मकाे राजनीति अक्षम्य विडम्बना हाे । जनताको विश्वासमाथि कुठाराघात र, देशकाे लगानी साथै जनताको महत्वपूर्ण समयकाे भयङकर बर्बादी हाे ।
३. Top Aslami Magar is
feeling hopeful.
Published by Aslami Top
23 hrs
१) करीब २/३ बहुमत प्राप्त केपी ओली सरकार गत २७ मा अपदस्त गरिएपछि बैशाख ३० मा बहुदलीय सरकार निर्माणकाे म्याद छ ।
२) परम्परागत एकाधिकारवादी, स्वेच्छाचारी सरकारकाे अपदस्त भएपनि त्यही प्रवृत्तिले युक्त सरकार जनअपेक्षा हाेईन । तर पनि विगतमा पटकपटक व्यहाेरिएका पात्र नै अब बन्ने सरकारमा सामेल हुनेछन् ।
३) पछिल्लो परिवर्तनलाई आत्मसाथ गर्ने र प्राप्त उपलब्धीकाे रक्षा गर्दै थप उपलब्धीका लागि देश र समाजलाई डाेरयाउन सक्ने "प्याशन" भएका प्रवृत्तिले युक्त पात्र अहिलेकाे आवश्यक्ता हाे, जनचाहना पनि त्यही हाे ।
४) दलभित्र नेतृत्व गर्नेहरू नै स्वेच्छाचारी (इच्छाधारी नाग जस्तो) रहदै आएकोमा आफूलाई राम्रो दावी गर्नेहरूले पार्टी सत्तामा स्थापित गर्न सकेकाे अवस्था छैन । त्यसका लागि परम्परागत मान्यतालाई ताेडेर जान सक्ने "हिम्मत र त्याग" पनि देखिएन ।
५) बहुदलीय सरकार बन्न नसकेको अवस्थामा (सम्भावना पनि छ) पुन: स्वेच्छाचारी "करार र प्रमाणित" गरिएका केपी ओली र उहाँको दल (नेकपा एमाले) नै पुनः सत्तामा स्थापित हुने संवैधानिक प्रावधान छ ।
६) यस्तो अवस्थामा पात्र र प्रवृत्ति पुनः उस्तै नै दाेहाेरिन्छ र देशले महङ्गो चुनाव स्वीकार्नै पर्छ ।
७) कम्तिमा अझै डेढ वर्ष सम्म सही सरकार पाउने अवस्थाकाे निर्माण भएमा देशले केही राहत महशुस गर्न सक्छ । त्यसका लागि "असन्तुष्टीकाे उच्च तह"मा पुगेका "माधव नेपाल-झलनाथ खनाल र उहाँका सारथीहरू"काे सही भूमिका र त्याग देशले हेर्न अब छाेटाे समय कुरे पुग्छ ।
८) अब जनताले आत्मसात गर्नै पर्ने/छलफल गर्नै पर्ने विषय "जनमुक्ति विचारधारा" हाे । तब मात्र चाहेको पात्र र प्रवृत्ति वा कम्तिमा राष्ट्रलाई चाहिने सही प्रवृत्ति प्राप्त हुनेछ । यसका लागि "निर्मावादी" दावी गर्नेहरूको एकता (कम्तिमा माेर्चाबन्दी) आवश्यक छ । #लाेकतन्त्रमाजनताजनार्दन ।
र,




No comments:
Post a Comment