Monday, October 9, 2023

प्रदेश १ मा यस्तो हुन सक्छ समस्या समाधानको दीर्घकालिन उपाय

टोप अस्लामी

चेत नागरिक समूह याने कि देश चिन्तनमा खुशी र सुखी अनुभूति गर्ने आम जनताहरूमा हाम्रो हार्दिक आह्वान छ - "प्राप्त उपलब्धीहरुको रक्षा र थप उपलब्धीका लागि एकताबद्ध संघर्ष" अहिलेको राष्ट्रिय कार्यभार हो । त्यसो हुनाले प्रदेश नै खारेजीको सन्दर्भ अहिले नजोडौं बरु नयाँ आवरणमा बलशाली बन्ने चरम व्यथिति अन्त्यको लागि एकताबद्ध हौं

सचेत नागरिक अभियानका नाममा प्रदेश खारेज हुनुपर्ने माग राखेर शनिबार कोसी प्रदेश 
 राजधानी विराटनगरमा प्रदर्शन भएको छ । ‘जागौं, जतता जागौं, प्रदेश सरकार चाहिँदैन, देश डुबाउन पाइँदैन, सारा नेपालीको एउटै आह्वान, प्रदेश खारेजीको एउटै अभियान’ भन्ने नारासहिति प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले नाराबाजी गर्दै मोटरसाइकल र्याली निकाले । कञ्चनबारी चोकबाट शुरु विरोध र्याली कोसी लोकमार्गको रोडशेष चोक, मेन रोड, पुष्पलाल चोक, खार्जी चोक हुँदै पुनः कञ्चनबारी पुगेर समापन भएको थियो । यो गतिविधि सहितको समाचार आएको सन्दर्भमा यो लेख लिपीबद्ध गरिएको हो ।

सयौं बर्षदेखि राज्यको उत्पीडन सहेर बसेका बहुसंख्यक जनताले प्रदेश नामाकरण सम्बन्धमा व्यापक असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।
यस असन्तुष्टीमा देखिने छिद्रमा ठूलो प्वाल बनाउँदै कसैले पनि "निहित स्वार्थ"लाई बलशाली बनाउने वा यस्तै "विसंगतिको तावा"मा आ-आफ्नो रोटी सेकाउने बेला होइन यो । यस सन्दर्भमा गम्भीर रुपले सोच्न सबै सचेत र न्यायप्रेमी, शान्तिप्रेमी, प्रगति र अग्रगमन चाहने नागरिकहरूमा हार्दिक आव्हान गर्दछौं ।
सयौं बर्षदेखि राज्यको उत्पीडन सहेर बसेका बहुसंख्यक जनताले प्रदेश नामाकरण सम्बन्धमा व्यापक असन्तुष्टी व्यक्त गर्दै आएको सन्दर्भमा २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबाट जनमत प्राप्त सबै दलहरुलाई पूरा शक्ति लगाएर दवाब बढाउने तर्फ
चेत नागरिक समूह
को ध्यान केन्द्रित गरिनु करोडौं जनताको त्याग, तपस्या र बलीदानीबाट प्राप्त उपलब्धीको रक्षा गर्ने कदम हुनेछ । यो लगानी र बलीदानी देशकै लगानी र परिवर्तनप्रतिको अपेक्षा हो । यसको व्यवस्थापन हुन सक्नु भविष्यमा थिति बस्दै जानु हो ।
यद्यपि १ न. प्रदेशका सांसदहरुको बलले मात्र थिति बस्दैन भन्ने स्पष्ट भइसकेको छ । यो व्यथितिको अन्त्य गरी शुरुका दिनदेखि त्यस प्रदेशका बहुसंख्यक जनताले बोलेको प्रदेशको पुन:नामाकरणको मागलाई उचित सम्बोधन गर्न अब केन्द्रीय सरकार र जनमत प्राप्त दलहरुको एकमत सहित निर्णायक कदम जरुरी भइसकेको प्रति परिवर्तन र न्यायका पक्षधरहरुले विचार गर्न आवश्यक भईसकेको छ ।
प्रदेश १ मा बढ्दो विकराल स्थितिलाई समयमै सम्बोधन गरी समग्र देशलाई प्राप्त उपलब्धीहरुसंग जोडेर अगाडि बढ्न समाधानको उपाय यही छ :-
१) प्रदेश १ को नाम "किराँत प्रदेश" नामाकरण गर्न राष्ट्रिय सहमति (संघीय नेपाल सरकार को तहबाट) गरी प्रदेश १ संसद्ले पहिले गरेको त्रुटी सच्याउने । यसमा सहमतीय आधार नै अवलम्बन गर्ने गरी संघीय सरकारले अविलम्ब गृहकार्य/पहलकदमी गरी हाल्ने ।
२) यतिबेला (२०७९ मंसिर ४ को निर्वाचन परिणाम अनुसार) विचारको अगुवाई गर्ने शक्ति विशेषको सरकार नबन्ने अवस्थाबाट देश गुज्रिएको र केवल सरकार छ भन्ने अवस्थाबाट देश गुज्रनु पर्ने परिस्थितिमा सबै दलहरुको सहमतीय सरकार बनाउने र बाँकी बर्षभरी प्रदेश १ (किराँत प्रदेश) लाई देशकै विकसित प्रदेशको रूपमा अगाडि बढाउने मार्गचित्र बनाई अगाडि बढ्ने ।
३) यदि प्रदेश १ मा नयाँ जनमतको लागि निर्वाचनमा जाने हो भने त्यो कार्यभारलाई सामूहिक रूपमा अपनत्व लिंदै समस्याको सामूहिक रूपमा हल गर्न हाल आन्दोलनमा कृयाशिल राजनीतिक दल र समूहहरूको समेत प्रतिनिधित्व हुने गरी प्रदेश १ (सबैको चाहनाको प्रस्तावित किराँत प्रदेश-साझा पहिचान) मा "सर्वपक्षीय चुनावी सरकार" गठन गरेर ठोस कार्यभार तोक्ने ।
यसो गर्न सकेको खण्डमा संघीयता लगायतका प्राप्त उपलब्धीहरुलाई बदनाम गराउने र विगतको एकाधिकारवादी व्यवस्था कायम गर्न चाहनेहरुको फगत सपना त्यसैमा सीमित हुनेछ । यसका लागि राज्यसत्ताको बागडोरमा सत्तापक्ष र प्रतिपक्ष भई बसेका दलहरु, तिनका नेता र नेता पङ्क्तिहरु साथै साँसद महोदयहरु तयार हुने कि नहुने ? यसैमा प्रदेश १ को जनता र समग्र प्रदेश १ को समृद्धिको मार्ग तय हुनेछ । अन्यथा सत्तालिप्सा नै अन्तिम आवश्यक्ताको रुपमा अगाडि सारियो भने कसैको पनि भलो हुने देखिदैन । धन्यवाद । जय जनमुक्ति ।।

महासचिव
राष्ट्रिय जनमुक्ति पार्टी

Sunday, August 13, 2023

प्राप्त उपलब्धी गुम्नु हुँदैन

२९औं आदिवासी दिवसको मंगलमय शुभकामना *



(राष्ट्रिय जनमुक्ति पार्टीको महासचिवकाे नाताले २९औं आदिवासी दिवसको उपलक्ष्यमा साउन २४, २०८० (9 August, 2023) मा सन्देश प्रवाह गरेको थिए । साे सन्देशलाई व्यक्तिगत ब्लगमा पनि जस्ताकाे तस्तै राखेेकाे छु । )

अन्तर्राष्ट्रिय रुपमा यस वर्ष संयुक्त राष्ट्र संघले “आत्म निर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा” भनी तय गरेको नारा र “पहिचान र अधिकार सुनिश्चित्ताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सीपको प्रवद्र्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं” भनी नेपालमा तय गरिएको नाराका आधारमा आज अगष्ट ९, २०२३ (साउन २४, २०८०) मा आदिवासी दिवस नेपालमा पनि मनाईने सन्दर्भले हामीलाई हर्ष प्रदान गरेको छ । यस अवसरमा समस्त आदिवासी जनसमुदाय एवं सयौं वर्षदेखि उत्पीडनमा पिल्सिदै आएका जाति समुदायको अधिकार र समानताका लागि चिन्तन, मनन गर्दै संघर्षरत सबै जनसमुदायमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

निश्चय नै उत्पीडित जाति/समुदायहरुले वर्तमान सन्दर्भमा अधिकार विहिनताको नयाँ चरणबाट गुज्रीरहनु परेको छ । अर्थात व्यवस्था परिवर्तन पछिका दिनहरुमा समस्त उत्पीडित जाति/समुदायहरुले यथार्थमा जुन स्तरमा न्याय र समानता सहित देश निर्माणमा अपनत्व महशुस गर्न पाउने अवस्थाको निर्माण हुनु पथ्र्यो त्यसो हुन सकेको छैन । न्यायका भीषण आवाजहरुको उद्घोष गर्दै हाल सम्म राज्य सञ्चालनको तहमा पुगेका दलहरु, नेतृत्वहरु निहित स्वार्थ भन्दा माथि उठेर समाज र देशका लागि निःस्वार्थ प्रेरित भएर अगाडि बढेको आभाष आम जनताले पाउन सकीरहेका छैनन् । त्यस्तो परिस्थितिका लागि उत्पीडितहरुले पनि आफ्नो तहमा सही नेतृत्व निर्माण गरेर जान सक्ने अवस्था निर्माणका लागि ध्यान पुरयाउने, एकीकृत आवाज एवं उही तहको कृयाशिलताको वातावरण बनाउने तर्फ केन्द्रीकृत हुन नसकेको देखिन्छ । यस्तो अवस्थामा समस्त आदिवासी जनसमुदाय साथै सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुले विभिन्न आवरणमा परम्परावादमै अलमलिने वा त्यसका असरहरुको समाना गर्न पर्ने प्रति सचेतता बढाउनु वर्तमानको आवश्यक्ता हो ।

जातीय मुक्ति आन्दोलनमा आजको दिन अन्तर्राष्ट्रिय रुपमा विशेष दिन पनि हो । यस परिप्रेक्ष्यमा न्यायका पक्षधरहरु सबैले कम्तिमा "प्राप्त उपलब्धीहरुको रक्षा र थप उपलब्धीका लागि संघर्ष" गर्ने गरी अगाडि बढ्न प्रेरणा मिलोस् । समानताका पक्षधरहरु सबैले हातेमालो गर्ने परिस्थितिको निर्माण गर्न तर्फ सबैको सजगतामा वृद्धि होस् र राष्ट्र निर्माणको महान अभियानमा नेतृत्वकारी भूमिका सन्दर्भमा पनि आम बहसको थालनी होस् भन्ने कामना गर्दछौं । सबै (देश र जनता) को सुस्वास्थ्य, शान्ति र अमञ्चयन प्रति सम्बन्धित सबैले धैर्यता सहित कदम अगाडि बढाउन सक्दा राष्ट्रिय गन्तव्य प्राप्त हुने र नयाँ पुस्तालाई राम्रो समाज हस्तान्तरण गरेर जाने सदिच्छामा सफलता हात लाग्नेछ । धन्यवाद ।


                            टोप अस्लामी
                              महासचिव
                        राष्ट्रिय जनमुक्ति पार्टी

यस सन्देशकाे समाचारकाे रूपमा पनि । लिंक 👇️
https://lumbinipati.com/?p=36954

जनताको अपेक्षा र आवश्यक्ताहरु धाराशायी हुँदैछन्

     न याँ संविधान जारी भईसकेपछि भएका स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन पश्चात तीनै तहमा सरकार बन्यो, खुशीको कुरा थियो । संघीय संसदले...